बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शाहरुखले ऐश्वर्यालाई सार्वजनिक कार्यक्रममा नै ‘भुतिनी’ भनेपछि...

बुधबार, ०५ मङ्सिर २०७५, १२ : ३५
बुधबार, ०५ मङ्सिर २०७५

एजेन्सी । बलिउडका ‘रोमान्स किङ्ग’ शाहरुख खान फिल्ममा जति ‘रोमान्टिक’ देखिन्छन् सार्वजनिक कार्यक्रमको माहोल पनि उत्तिकै रमाइलो बनाउँछन् ।

आइतबार राति गोरेगाउँस्थित नेशनल स्पोट्स अफ इण्डियामा  ‘लक्स गोल्डेन रोज अवाड २०१८’ को आयोजना गरिएको थियो। उक्त कार्यक्रममा शाहरुख पनि सहभागी भएका थिए  ।

जहाँ विश्व सुन्दरी तथा उनकी को–एक्ट्रेस ऐश्वर्या राय पनि उपस्थित थिइन् । शाहरुखले ऐश्वर्यालाई अवार्डका लागि सम्बोधन गर्ने क्रममा उनले आफूले कहिल्यै यस्तो सुन्दरीसँग रोमान्स गर्न नपाएको भन्दै गुनासो व्यक्त गरे । उनले ‘जोस’ मा आफन्तसँग, ‘देवदास’ वियोगान्त भएको र ‘मोहबत्ते’ मा भुतिनीसँग फिल्म खेलेको भन्दै ऐश्वर्याको मजाक उडाए ।

जब उनले विश्व सुन्दरी ऐश्वर्यालाई ‘भुतिनी’ भनेर सम्बोधन गरेपछि कार्यक्रममा उपस्थित सबै हाँसेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप