बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खोटाङका भुकम्प पीडितलाई ३६ करोड वितरण

सोमबार, ०९ साउन २०७४, १८ : ५७
सोमबार, ०९ साउन २०७४

रामधन बेदना


खोटाङ – भूकम्पबाट कम प्रभावित जिल्लाको सूचिमा राखिएको खोटाङले पहिलो किस्तावापत आएको रकममध्ये ३६ करोड तीन लाख ७७ हजार रुपैंयाँ रकम वितरण गरेको छ ।  जिल्लामा आएको ३७ करोड ५१ लाख १७ हजार रकममध्ये हालसम्म सो रकम लाभग्राही पीडितलाई बितरण गरिसकिएको जनाईएको छ ।  


८ हजार ४ सय ४३ लाभग्राही रहेको जिल्लामा पुरानो संरचना अनुसार दुर्छिम र चिप्रिङ गाविस बाहेकका लाभग्राहीलाई उक्त बराबरको रकम वितरण गरिएको हो । 


तथ्याङ्क संकलनका क्रममा दुर्छिम र चिप्रिङ गाविसका लाभग्राहीको नाम र सम्झौता नम्बर फरक परेकाले तत्काल वितरण गर्न नसकिएको आयोजना निर्देशक ईश्वरचन्द्र महरहट्ठाले जानकारी दिए । उनीहरुको हकमा सच्याउने काम भइरहेको भन्दै प्राविधिक कुरा मिल्नासाथ वितरण गरिने उनको भनाई छ ।


पहिलो किस्ता वापतको रकम आगामी कातिक मसान्तसम्म वितरण गरिने जनाइएको छ । लाभग्राहीका लागि जिल्लामा राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी कर्मसिल बैंक, बैंक अफ काठमाडौं र सालपा विकास बैंकमार्फत भुक्तानी दिने व्यवस्था मिलाइएको छ । भूकम्पबाट कम प्रभाबित १७ जिल्लाको सूचिमा राखिएको खोटाङ चाँडो रकम बितरण गर्नेमा पहिलो बनेको दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप