शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदारद्वारा सरकार छाड्ने चेतावनी

सोमबार, ०९ साउन २०७४, १९ : २७
सोमबार, ०९ साउन २०७४

काठमाडौ । लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष एवं उप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार छाड्ने चेतावनी दिएका छन् ।

उनले सत्ताधारी दल नेपाली काँग्रेस र माओवादी केन्द्रलाई सम्झौता अनुसार मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेको बेला गच्छदार नेतृत्वको पार्टी स्थानीय विकास, सँस्कृति तथा पर्यटन र भूमि सुधार मन्त्रालय पाएका थिए ।

अहिले पनि यी तीनै मन्त्रालय पाउनुपर्ने दावी गच्छदारले गर्दै आएका छन् तर सत्ताधारी दलले पर्यटन मन्त्रालयको सट्टामा अरु कुनै मन्त्रालय दिने भनेपछि गच्छदार आक्रोशित भएका हुन् ।

मन्त्री गच्छदारले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्पर्क गरि सहमति अनुसार पर्यटन मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।

मन्त्रीविस्तार हुन गइरहेको अवस्थामा सबैलाई भागबण्डा मिलाउन मन्त्रालयको अभाव भइरहेको कारणले पर्यटन मन्त्रालयको सट्टा अरु कुनै मन्त्रालय लिन सत्ताधारी दलले आग्रह गरेको लोकतान्त्रिक फोरम स्रोतले जनाएको छ ।

तर, प्रचण्डको मन्त्रीमण्डलमा सहभागि हुने बेला र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि यिनै तीन मन्त्रालय लिएर सहभागि हुने सहमति भएको बताउँदै मन्त्रालय हेरफेर नगर्ने फोरम लोकतान्त्रिकले बताएको छ । सो पार्टीका उपाध्यक्ष रामजनम चौधरीले भने, ‘अब मन्त्रालयमा दायाँ बायाँ हुँदैन, जे सहमति भएको छ त्यही नै पाउनुपर्छ नभए सरकारको बारेमा सोँच्न बाध्य हुनेछौँ ।’


फोरम लोकतान्त्रिकको चेतावनीपछि देउवा सरकार थप संकटमा परेको छ । मन्त्रिमण्डल विस्तारमा ढिलाई गरेको कारण आफ्नै पार्टीभित्र तथा सत्ता साझेदार दल माओवादी केन्द्रबाट देउवाले आलोचना खेपिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप