शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका चोपडाको सिक्किमेली–नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक

बिहीबार, ०६ मङ्सिर २०७५, १० : ४१
बिहीबार, ०६ मङ्सिर २०७५

बलिउड अभिनेत्री प्रियंका चोपडा एवं उनकी आमा डा. मधु चोपडाको निर्माणमा बनेको सिक्किमेली–नेपाली फिल्म ‘पाहुना–द लिटल भिजिटर्स’ को ट्रेलर सार्वजनिक भएको छ ।

प्रियंकाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा आमा–बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ ।

यसमा दिदी र दाइले भाइको सुरक्षाका लागि के कस्तो समस्या खेपेका छन् भन्ने बारे देखाइएको छ ।

प्रियंका चोपडा नेपाली भाषाको फिल्म बनाउने तयारीमा, नेपाली कलाकार लिने

उक्त फिल्म नेपालमा मंसिर २१ गते रिलिज हुँदैछ । त्यही दिन नम्रता श्रेष्ठ, बिपिन कार्की र निश्चल बस्नेत अभिनित चलिचित्र प्रसाद पनि रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप