मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो

सोमबार, ०९ साउन २०७४, २० : ३२
सोमबार, ०९ साउन २०७४

करन ताम्राकार 


डडेल्धुरा – एक हप्तादेखि यता डडेल्धुरा सदरमुकाम उप–क्षेत्रीय अस्पताल, डडेल्धुरामा भाइरल ज्वरो बाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ ।
उप–क्ष्मेत्रीय अस्पताल डडेल्धुराका अनुसार अहिले दैनिक १ सय ३० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीको अस्पतालमा उपचार तथा भर्ना गराउन आउने गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ ।
पचास श्ययाको अस्पताल रहेको उप–क्षेत्रीय अस्पताल डडेल्धुराले अहिले बिरामीको चाप ह्वात्तै बढेपछि बेडमा बिरामी राख्ने ठाउँ नभएर अन्यत्र र राखेर उपचार गर्न बाध्य हुन परेको कुरा जिल्ला अस्पताल मेडिकल सुपरिटेन्डन  प्रमुख डा शिवरा पनेरु बताए ।


दैनिक बिरामीको संख्या ३५० सम्म बढ्दै जान थालेको र बेड खाली नभएपछि अहिले बिरामीलाई व्यवस्थापन गर्न नै हम्मे पर्ने गरेको समेत मे.सु. पनेरुले बताए ।
उनका अनुसार दैनिक बिमारी संख्या ३ सय देखी ३ सय ५० सम्म आउने गरेकाले जस मध्ये ४० प्रतिशत भाईरल ज्वरोका बिमारी आउँने गरेका बताए ।
इमरजेन्सी (आकस्मिक) फाँटदेखि जनरल बेड सबै भाइरलका बिरामीले भरिभराउ भएपछि अन्य उपचारका लागि आएका बिरामीलाई समेत बेड व्यवस्थापन गर्न समस्या रहेको समेत अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले बताए ।


जिल्लाका विभिन्न क्षेत्र र सुदूरपहिमका ७ पसहाडी जिल्लाबाट समेते भाईरुल तथा ऋनय बिमारीहरु डडेल्धुरा स्थित उप–क्षेत्रीय अस्पतालमा आउने गरेका छन् । व्यापक भाइरल ज्वरो फैलिन थालेपछि उप–क्षेत्रीय  अस्पताल डडेल्धुरामा बिरामीको चाप ह्वात्तै बढेको कुरा अस्पताल प्रशासनले जनाएको  छ ।


वर्षा मौसम हुनु, प्रदूषित पानी पिउनु, मौसम परिवर्तन र वर्षाको कारण बाढीले फोहरवस्तु बगाउने र दुर्गन्ध फैलने गरेको कारण पनि अहिले भाइरलको प्रकोप फैलिन थालेको उप–क्षेत्रीय अस्पताल डडेल्धुराले  जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप