मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पूर्ण बैठकबाट सर्वोच्च अदालतको नियमावली २०७४ पारित

सोमबार, ०९ साउन २०७४, २१ : ४१
सोमबार, ०९ साउन २०७४

काठमाडौँ – सर्वोच्च अदालतको आजको पूर्ण बैठकले सर्वोच्च अदालत नियमावली २०७४ पारित गरेको छ । 

बैठकले २०४९ को नियमावलीलाई खारेज गर्दै नियमावली २०७४ पारित गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिमा सो नियमावली नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि लागू हुने उल्लेख छ । 

नियमावलीमा व्यवस्था गरिएको नयाँ प्रावधानमा सर्वोच्च अदालतको नियमित कार्यका अतिरिक्त अन्य समय र अदालत बन्द रहने वा सार्वजनिक बिदाका दिनमा समेत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ । 

यस्तै अदालतको काम शुक्रबार अपराह्न ४ बजेसम्म हुने व्यवस्था, मुद्दा पेसी, सूचीको प्राथमिकता क्रम परिमार्जनलगायत नयाँ व्यवस्था उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप