शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिप्रदी र टाटा हिटाची कनम्याक २०१८ मा: फोटो फिचर

शुक्रबार, ०७ मङ्सिर २०७५, १४ : ३३
शुक्रबार, ०७ मङ्सिर २०७५

काठमाडौं । कनम्याक नेपाल २०१८ मा सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडसँगको सहकार्यमा टाटा हिटाचीले नयाँ ईएक्स२०० सुपर प्लस हाइड्रोलिक एस्काभेटर कम्प्याक्ट र शक्तिशाली मिनी एस्काभेटर जेड्एएक्सआईएस३३यू सार्वजनिक गरेको छ । 

टाटा हिटाचीका पछिल्ला उत्पादनहरूको सिप्रदीका अध्यक्ष सौर्य शमशेर जवरा, वरिष्ठ महाप्रबन्धक हेमन्त मथुरले कनम्याकमा उद्घाटन गरे । सार्वजनिक समारोहमा अध्यक्ष जवराले स्टेटअफआर्ट प्रविधीको टाटा हिटाची उत्पादनहरू अनावरण गर्न उद्योगमा र नेपालमा यसप्रकारको बेजोड टेलिमेटिक्स सोलुसन्स सार्वजनिक गर्न पाएकोमा खुसी लागेको बताए । 

यी उत्पादन सार्वजनिक बाहेक टाटा हिटाचीको स्टलमा कार्यसम्पादन गरेको जेडएएक्सआईएस२२० क्वेरी र म्याक्स सेरीजको टीएच८६ व्याकोह लोडर पनि थिए । विशिष्टकृत उद्योगका एप्लिकसेनहरूको माग पुरा गर्ने सामग्रीहरू पनि प्रदर्शनमा राखिएको थियो । त्यसबाहेक, प्रदर्शनीमा टाटा हिटाचीका विभिन्न खाले जेन्यून स्पेयर पार्ट्स पनि प्रदर्शनीमा राखिएको थियो । 

कार्यक्रममा बोल्दै सेल्स एण्ड मार्केटिङका बरिष्ठ महाप्रबन्धक हेमन्त मथुरले भने, ‘हामीलाई हाम्रो आधिकारिक डिलर साझेदार सिप्रदी अर्थमुभर्ससँगको साझेदारीमा कन्म्याकमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ ।

नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र हामी नयाँ इएक्स२०० सुपरं हाइड्रोलिक एस्काभेटर र मिनी हाइड्रोलिक एक्साभेटर जेडएक्सिस३३यू सार्वजनिक गर्दा गर्व गर्दछौं । हामीले हाम्रा ग्राहकहरूलाई फाइदा पुग्ने विश्वासका साथ क्लिक कप्लर पनि सार्वजनिक गरेका छौं ।’

उनले थपे, ‘हाम्रो बुथ ‘आउँ देश बनाउँ’ को विषयमा डिजाइन गरिएको छ । हामी हाम्रो मेसिनको प्रयोग गरेर नेपालको विकासका लागि प्रतिबद्ध छौं र हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मेसिन, उत्कृष्ट स्पेयर पार्ट्स र विक्रिपछिको उत्कृष्ट सहायता सेवामार्फत खुसी पार्ने लक्ष्य राख्दछौं ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप