शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका युना उप्रेतीले अमेरिकामा जन्माइन् छोरी

आइतबार, ०९ मङ्सिर २०७५, ०८ : १३
आइतबार, ०९ मङ्सिर २०७५

नेपाली फिल्मी क्षेत्रकी नायिका युना उप्रेती आमा बनेकी छिन् । हाल अमेरिकामा रहेकी युनाले सामाजिक संजाल फेसबुकमार्फत आफूले छोरी जन्माएको घोषणा गरेकी छिन् । उनले छोरीको फोटोसमेत पोष्ट गरेकी छिन् ।

आइतबार बिहानै उनले फेसबुक पोष्टमा लेखेकी छिन्, ‘हाम्रो परिवारको नयाँ सदस्यको आगमनमा निकै भाग्मानी महसुस गरिरहेका छौं । हाम्री छोरी सायरा नोभेम्बर २१ तारिख सन् २०१८ (मंसिर ५, २०७५) मा जन्मिएकी हुन् । सन् २०१८ को थ्यांक्सगिभिङको विकेन्डमा पाएको आशिर्वादका लागि हामी निकै आभारी छौं ।’

विगत पाँच वर्षदेखि अमेरिकामा बस्दै आएकी युनाले अमेरिकामा सेटल भइसकेका विकाश अधिकारीसँग विवाह गरेकी हुन् ।

उनले फेसबुकमार्फत नै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।

उनको पोष्टमा थुप्रैले बधाईसमेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप