वेद र बौद्ध धर्मलाई विश्वव्यापी गर्न पण्डित दिनबन्धुको सुझाव
जापान– वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले वेद र बौद्ध धर्म आफ्नै धर्म भएकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने बताएका छन् ।
अध्यात्मक केन्द्र जापानको भवन निर्माण तथा एनआरएन जापानद्वारा आयोजित आकास्मिक राहत कोषको सहयोगार्थ टोकियोमा भएको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै पण्डित पोखरेलले वेद र बौद्ध हाम्रै धर्म भएकोले यसलाई विश्वव्यापी गर्नुपर्ने अभियानमा आफु लागेको समेत बताए ।
सबै धर्मलाई उत्तिकै सम्मान गर्दै विश्वमा फैलिरहेको आशान्तिलाई वेद र बुद्दत्वले शान्ति कायम गर्न सक्ने उनको भनाई छ ।
‘बिश्वमा जातीय, वर्गिय र धार्मिक तत्वले मानव जातिमा विभाजित बनाएको छ नेपाल पनि यसबाट अछुतो रहन सकेन । वैदिक बेदले प्रमाणित गरेको छ कि यो परापुर्वकालका शासकहरुले नै कर्मको आधारमा जात बनाएको हो’ पोखरलले भनेका छन् । उनले संसारमा योग र ध्यान फैलिएकोमा खुशी व्यक्त गर्दै नेपालबाटै वेद र वुद्ध दर्शन सुरु भएको दावी पनि गरे । ‘नेपालबाटै भगवान शिवले योगध्यान सुरु गरेका हुन् भने विश्वशान्तिका अग्रदुत भगवान गौतम बुद्ध पनि नेपालमै जन्मेका हुन्’ पोखरेलले भने ।
उनले विश्वलाई योग तथा ध्यानद्वारा आकर्षित गर्न काठमाडौको रामकोटमा २३ रोपनी जग्गामा करिव ५० करोडको लागतमा अध्यात्मक केन्द्र निर्माण भइरहेको जानकारी पनि दिए ।
पोखरेलले जापान जस्तो ठाउँमा प्रवचन लगायतका कार्यक्रम गर्न आयोजकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै निकट भविस्यमा वृहत कार्यक्रम आयोजना गर्न अनुरोध गरेका थिए ।
पण्डित पोखरेलको प्रवचन कार्यक्रममा जापानका लागि नेपाली राजादूत प्रतिभा राणा, एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट , एनआरएन अमेरिकाका पुर्व अध्यक्ष सोनाम लामा तथा पण्डितका वाल्यकालका साथी तथा गोरखा समाजका अध्यक्ष चुडामणी भट्टराइलगायत उपस्थित रहेका थिए ।
यसैवीच प्रवचन कार्यक्रममा दान गर्ने इच्छुकहरु बढेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रवचनमा अमेरिकाबाट सहभागि हुन आएका पूर्व अध्यक्ष सोनाम लामाले ५० हजार दान गरेका छन् । लामाले पर्यटकीय क्षेत्र मुस्ताङमा निजी प्रयासमा १० करोडको लागतमा गुम्बा बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद