बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के अनमोलको प्रेममा छिन् सारा ?

आइतबार, ०९ मङ्सिर २०७५, १८ : ०२
आइतबार, ०९ मङ्सिर २०७५

काठमाडौंं – अभिनेत्री सारा सिर्पाली अहिले तेस्रो प्रोजेट ‘सुश्री सम्पत्ति’को प्रचार प्रचारमा छिन् । निखिल उप्रेती अभिनित ‘रुद्र’ बाट अभिनयमा डेब्यु गरेकी उनले दोस्रो चलचित्र ‘पिंजडा ब्याक अगेन’ पनि निखिलसँग नै अभिनय गरिन् । 

उनी अभिनित दुबै चलचित्र बक्स अफिसमा असफल रहे । तर उनी भने चर्चामा रहिन् । उनको चर्चाको विषय सुन्दरता र अभिनय बन्यो । सोही कारण पनि उनले लगातार चलचित्र हात पार्न सफल रहिन् । 

यस्ती मात्र कहाँ हो र ? उनी पछिल्लो समयका हिट हिरो अनमोलको नजरमा पनि पर्न सफल भएकी छन् । अनमालले इष्टाग्राममा पछ्याउने केही मध्येमा उनी पनि पर्दछिन् ।

पछिल्लो समय उनीे र अनमोलबीच प्रेम रहेको चर्चा चलचित्र क्षेत्रमा चल्न थालेको छ । उनी भने अनमोलसँग प्रेमभन्दा पनि दोस्ती मात्र भएको बताउँछिन् । 

आइतबार चलचित्र ‘सुश्री सम्पत्ति’ को प्रचारको क्रममा भेटिएकी सारालाई अनमोलसँगको प्रेमको प्रश्न समेत राखिएको थियो । प्रश्नको जवाफमा उनले अनमोल आफ्नो राम्रो साथी भएको बताइन् ।

पुतलीसडकको पलेटी क्याफेमा आयोजित कार्यक्रममा उनले अनमोलसँगको प्रेमको खड्न पनि गरिन् । ‘उहाँले मलाइ ‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’ को बेला शुभकामना दिनुभएको थियो,’ उनले भनिन्, ‘ममीसँग काम गरेका कारणले पनि होला ।

अनमोलसँगको प्रेमको विषयमा साराको भनाई पत्याई हाल्ने अवस्था भने छैन ।

किनभने अनमोलले इष्टाग्राममा मात्र सारालाई फलो गरेका होइनन् । आफ्नो मोबाइलमा समेत साराको बिभिन्न तस्बिर सजाएर राखेको नाम नखुलाउने सर्तमा एक फिल्मकर्मीले बताए ।

सारा र अनमोलको प्रेमको विषय हल्ला हो या बास्तबिक हो । त्यो उनीहरुको आगामी दिनले देखाउने नै छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप