शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओरिएन्ट ब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरु नेपाली बजारमा

आइतबार, ०९ मङ्सिर २०७५, १९ : ०७
आइतबार, ०९ मङ्सिर २०७५

काठमाडौं । चौधरी समूहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको सहायक कम्पनी ई.ओ.एलले ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ ।

हाल एउटा मोडलको हिट कन्भेक्टर, पाँच वटा मोडलहरुको इलेक्ट्रिक गिजर, सात मोडलहरुको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाइट र ११ वटा मोडलको एमसिबीहरु ओरिएन्ट ब्राण्डअन्तर्गत रहेका छन् ।

ओरिएन्ट इलेक्ट्रिक हिट कन्भेक्टर एचसी २००३डी मोडल जाडो समयमा कुनाको स्थानहरुमा पनि न्यानो बनाउन र आराम दिन सहयोगी छ । यो रुम हिटरमा २ वटा हिटिंग पोजिसन छन र तापक्रम नियन्त्रण गर्ने बटन पनि राखिएको छ ।

यो रुम हिटर २००० वाटको छ र सुरक्षा कायम गर्न र यसको कार्यलाई सहजरुपमा संचालन गर्न आइएसआई मान्यता प्राप्त रहेको छ । नेपाली बजारमा यो ५,४९१ मा उपलब्घ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप