शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओपो एसेवेनः द बिगर ब्याट्री फोन बजारमा

आइतबार, ०९ मङ्सिर २०७५, १९ : १७
आइतबार, ०९ मङ्सिर २०७५

काठमाडौं । स्मार्टफोनको खरिद गर्दा तुलनात्मकरुपमा कम ध्यान दिइने फिचर मध्य एक हो, ब्याट्री । तर, यही ब्याट्री नेपाली उपभोक्ताका लागि भने निकै ठूलो समस्याका रुपमा रहेको छ । ब्यस्त जीवन र भागदौडका विच फोनको चार्जका बारेमा चिन्ता लिनु वास्तवमै निकै तनाविलो हुन्छ ।

अझ त्यस्तो बखतमा फोनको चार्जर वा पावर बैंक साथमा नहुँदा तनाव दोब्बर हुन्छ । यही समस्याको पहिचान गरी समाधानका रुपमा ओपोले शक्तिशाली ब्याट्री सहित ओपो एसेवेन सार्वजनिक गरेको छ । हाल ओपो एसेवेनका लागि हट सेल्स कयाम्पेन चलिइरहेको छ ।

ब्राण्ड फ्रेण्डका रुपमा नायिका स्वस्तिमा खड्काको साथमा नोवेम्बर १५मा फस्र्टसेल्स कार्यक्रमको आयोजना गर्दै ओपोले फोनको विक्रि आरम्भ गरेको थियो । शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य क्षमता, पृथक वाटरड्रप डिजाइन र एआई ईनेबल्ड क्यामेरा सहितको यो फोन मात्र ३५ हजार ७ सय ९०मा उपलब्ध छ ।

उद्योगकै पहिलो शक्तिशाली ब्याट्री र मितब्ययी मूल्यका साथ सार्वजनिक ए सिरिज आपोकै सर्वाधिक विक्रि हुने स्मार्टफोन मध्य पर्छ । ४२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडित ओपो एसेवेनमा रहेका एआई २.० सहितको १६ एमपी क्षमताको फ्रण्ट क्यामेरा र १३+२ एमपी क्षमताका रियर क्यामेराले वास्तवकि तथा प्राकृतिक देखिने तस्विर मार्फत नेपाली उपभोक्ताको मन जितिरहेको छ ।

ओपो एसेवेनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘ प्रयोगकर्ताहरुको ब्याट्री सम्बन्धि समग्र समस्याको समाधानार्थ नै हामीले ए–सिरिज अन्तर्गतका फोनहरु उपलब्ध गराउन थालेका हौँ । साथै, अत्याधुनिक फिचर्स तथा प्रविधि सुसज्जित फोन मितब्ययी मूल्यमा चलाउने यूवाहरुको चाहानालाई सम्बोधन गर्नु हाम्रो अर्को मूल उद्देश्य हो ।

फोनमा रहेको शक्तिशाली ब्याट्रीको माध्यमबाट तिनले आफ्नो सक्रिय जीवनमा फोनको चार्जिङका कारण कुनै रुकावत तथा समस्याको सामना गर्न नपरोस् भन्ने कुरा तिर हामीले विशेष ध्यान दिएका छौँ । त्यसैगरी, तिनले आफ्नो दैनिकीका स्मरणिय पलका तस्विरहरु निरन्तर रुपमा हाम्रो फेशनेवल फोन मार्फत खिचिरहन सकुन् भन्नेतरि पनि हामीले विशेष ध्यान दिएका छौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप