शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलोन र नरेनसँग कश्मिराको प्रेम

सोमबार, १० मङ्सिर २०७५, १२ : ०६
सोमबार, १० मङ्सिर २०७५

काठमाडौं – अभिनेत्री कश्मिरा लामाको दुई अभिनेता अर्थात सलोन बस्नेत र नरेन खड्कासँग प्रेम देखिएको छ । कश्मिराको रियलमा भन्दा पनि रिल लाइफमा दुई अभिनेतासँग प्रेम देखिएको हो ।

यी तीनै कलाकारको अभिनय रहेको चण्लचित्र ‘घनचक्कर’को दोस्रो गीत ‘दाईको सालो...’ सार्वजनिक भएको छ । गीतमा सलोन र नरेनसँग कश्मिराको प्रेम देखाइएको छ ।

विपिन आचार्यको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीले स्वर दिएका छन् । 

अभिनेता सौगात मल्लको समेत मुख्य भूमिका रहेको चलचित्र जितेन्द्र राजोपाध्याय निर्देशन गरेका हुन् । 

सरोज खनाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगर लगायतका कलाकारहरुको समेत अभिनय रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको छ ।

चलचित्रले राजधानीमा संघर्षरत एक युवाको कथा बिषयको रुपमा उठाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप