शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री कला अब ‘आरुसी’

सोमबार, १० मङ्सिर २०७५, १२ : ०८
सोमबार, १० मङ्सिर २०७५

काठमाडौं – उदय सुब्बाको निर्देशनमा फिल्म ‘आरुसी’ बन्ने भएको छ । गणपति फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा शक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहनेछ ।

१५ मंसिरबाट सुटिङमा जाने फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो । साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानी चलचित्रमा रहनेछ । 

झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र सङ्खुवासभा लगायतका स्थानमा छायांकन हुने फिल्लमका केही नयाँ अनुहारका कारलाकार समेत रहने निर्देशक थापाले बताए । उदयले ३ वर्ष पहिले ‘रेफ्युजी’ दर्शकमाझ दिएका थिए । 

मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस फिल्मलाई विक्रम डिसीले खिच्नेछन् । बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरीको संगीत रहने फिल्ममा कमल राई र दिनेश पाख्रिनको नृत्य रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप