बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थिमीचोकमा दुर्घटनाः ट्राफिक लाइटमा कारको ठक्करले अन्य ५ सवारीमा क्षति, तीन जना घाइते

सोमबार, १० मङ्सिर २०७५, १५ : ४६
सोमबार, १० मङ्सिर २०७५

भक्तपुर । भक्तपुरको मध्यपुर नयाँ थिमिचोकमा भएको सडक दुर्घटनामा ६ ओटा सवारीमा क्षति पुग्नुको साथै तीन जना घाइते भएका छन् । 

मध्यपुर थिमी नगरपालिका वडा नम्बर ७ नयाँ थिमी चोकको ट्राफिक लाइटमा रोकिरहेका सवारीमा बा. ७ च २३६० नम्बरको कारले दिएको ठक्करले अन्यमा सवारीमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । 

उक्त सवारीले बा. १७ च ७५९९ मारुती सुजुकी, बा. ६० च ९३२४ स्कुटर, बा.३९ प १८७४ मोटरसाइकल, बा. ७३ प ३३९२ स्कुटर र बा. १५ च २३८२ स्करपियोमा क्षति पुगेको महानगरिय प्रहरी वृत थिमीका प्रहरी नायब उपरिक्षक मिलन केसीले जानकारी दिएका छन् । 

उक्त सडक दुर्घटनामा स्कुटर चालक विश्वराम बासुकला, मोटरसाइकल चालक रामभक्त लाखेमरु र मारुती सुजिकीमा सवार अनिल दुवाडी घाइते भएका छन् । 

ठक्कर दिने सवारीका चालक काटेश्वर बस्ने ४५ वर्षका सुजित सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घाइतेहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको वृत्तका प्रमुख प्रनाउ केसीले जानकारी दिएका छन् । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप