बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध लामाको ‘सानी नरिसाउन’ बोलको गीतको चर्चाबारे यसो भन्छ भारतीय मिडिया

मङ्गलबार, ११ मङ्सिर २०७५, ०९ : २३
मङ्गलबार, ११ मङ्सिर २०७५

पहिलो नेपाली आइडल बुद्ध लामाको नयाँ गीत सानी नरिसाउन बोलको गीतबारे एक भारतीय मिडियाले चर्चा गरेको छ ।

टिकटकमा यो गीतको अत्यधिक चर्चा भएको भन्दै एक भारतीय मिडियाले यो गीतले संसारभरी धमाका पिटिरहेको बताएको छ ।

भारतीय मिडिया आजतकले लेखेको छ, ‘आजकाल एक डान्स भिडियो संसारभरीका मानिसहरुले निकै रुचाइरहेका छन् ।’ यद्यपी, गीतको बोल सानी नरिसाउन हुनुपर्नेमा ‘सनी नारी सौना’ लेखिएको छ ।

टिकटक एक चिनियाँ सञ्जाल हो । मात्र दुई वर्षमा यो एपका आधा अर्बभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् । जसमध्ये ४० प्रतिशत चीन बाहिरका रहेका छन् ।

 

उक्त गीतमा नाचिरहेका विभिन्न भिडियो संकलन गरेर पोष्टसमेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप