शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तामाकोशीको शेयरः १लाख ७२ हजारलाई ५० कित्ता बाँकीलाई ४० कित्ता

मङ्गलबार, ११ मङ्सिर २०७५, १८ : १०
मङ्गलबार, ११ मङ्सिर २०७५

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा आवेदन दिने १लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्तार र बाँकी लगानकिर्ताले ४० कित्ता शेयर प्राप्त गरेका छन् ।

नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व तथा सनराइज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाकोे शेयर सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला भएकोमा १० सामूहिक लगानी कोषका १३ वटा योजनाहरुबाट ७,९४,२५० कित्ता शेयरको लागि आवेदन परि बाँडफाँड भएको छ ।

३ लाख ३९ हजार ७ सय ७५ जना सर्वसाधारणहरुबाट शेयरको लागि आवेदन परेकोमा  ३ लाख ३४ हजार ७५ जना आवेदकहरुले शेयर प्राप्त गर्न सफल भएका छन् । ६ करोड ४६ लाख १८ हजार ८ सय ४३ कित्ता शेयरको लागि प्राप्त आवेदनहरु शेयर निष्काशन तथा बिक्री बन्द भएको २२ औं दिन मंसिर ११ गतेका दिन ५० कित्ता देखि १हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई न्युनतम ४० कित्ता शेयरका दरले १ करोड ३३ लाख ६३ हजार कित्ता शेयर बाँडफाँड भएको छ ।

बाँडफाँड गरी बाँकी रहेको १७ लाख २७ हजार ७ सय ५० कित्ता शेयरका लागि पुन ३ लाख ३४हजार ७५ जना आवेदकहरु मध्येबाट गोलाप्रथाद्धारा १० कित्ताका दरले कुल १लाख ७२ हजार ७ सय ७५ जना सफल आवेदकहरु छनौट गरी बाँकी १७ लाख २७ हजार ७ सय ५० शेयर निष्काशन कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र नियमन निकायहरुको प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड भएको छ । 

प्रति शेयर १ सय अङ्कित दरको सामूहिक लगानी कोषलाई छुट्याइएको ७ लाख ९४ हजार २ सय ५० कित्ता समेत गरी १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर मिति कार्तिक १५ देखि कार्तिक १९ गते सम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप