बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आलुदेखि च्याउसम्मः मन्द विष हुन् यी खानेकुरा, कम खानुस् वा खाँदै नखानुस्

मङ्गलबार, १० साउन २०७४, ११ : १५
मङ्गलबार, १० साउन २०७४

अमेरिकन क्यान्सर सेन्टर र वर्ल्ड क्यान्सर रिसर्च फन्डको अनुसन्धान अनुसार धेरै नुनिलो खानेकुराले पेटको क्यान्सर हुने सम्भावना बढ्ने गर्दछ । यसका साथै नुन अत्यधिक मात्राले खाँदा थुप्रै रोग पनि निम्तिन सक्छ । तर नुनमात्र होइन, यस्ता अन्य केही खानेकुरा छन् जसलाई मन्द विष भनिन्छ । यी खानेकुराको अत्यधिक सेवन गम्भीर रोगको कारण बन्ने गर्दछ ।

१. चीनीः

यसको अत्यधिक सेवनले कलेजोमा ग्लाइकोजनको मात्रा कम गर्दछ । धेरै चीनी खाँदा मोटोपना, थकान, माइग्रेन, दम र छाला चाउरी पर्ने समस्या हुने गर्दछ ।

२. नुनः

यसमा सोडियमको मात्रा अत्यधिक हुन्छ । यसले उच्च रक्तचाप, क्यान्सर, हृदयघातको सम्भावना बढ्ने गर्दछ ।

३. मैदाः

यसमा फाइबर थोरै पनि हुँदैन । मैदायुक्त खाना खाँदा अपचको समस्या हुन्छ । यसमा पाइने ब्लिचिङ एजेन्टका कारण मुटुको समस्या हुने गर्दछ ।

४. पेय पदार्थः

यसमा चीनी र फोस्फोरिक एसिड हुन्छ । धेरै पेय पदार्थ पिउँदा मुटुमा समस्या हुने गर्दछ र स्मरणशक्ति क्षिण हुने गर्दछ ।

५. फास्टफुडः

यसमा मोनोसोडियम ग्लूटामेट हुन्छ जसका कारण मोटोपना तीब्र रुपमा बढ्ने गर्दछ । मुटु रोग, अल्जाइमरको सम्भावना बढ्ने गर्दछ ।

६. टुसा उम्रेको आलुः

यसमा ग्लाइकोअल्केलाइड्स हुन्छ । यसले झाडा, टाउको दुख्ने वा माइग्रेनको सम्भावना बढ्ने गर्दछ ।

७. च्याउः

काँचो च्याउमा कार्सिनोजेनिक कम्पाउन्ड हुन्छ । यसले क्यान्सरको सम्भावना बढ्छ त्यसकारण च्याउलाई उमालेर खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप