शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कसैले टपलेस फोटो पठाएपछि मोडलबाट खोसियो ‘ब्यूटी क्विन’ को ताज

बुधबार, १२ मङ्सिर २०७५, ०९ : ०२
बुधबार, १२ मङ्सिर २०७५

स्कटल्याण्डकी एक मोडलको ब्यूटी क्विनको उपाधि खोसिएको छ । त्यो पनि टपलेस मोडलको रुपमा विगतमा काम गरेको भन्ने जानकारी लुकाएका कारण ।

३५ वर्षे नतालिया पावेलेकले सेप्टेम्बरमा मिसेस स्कटल्याण्ड २०१८ को उपाधि जितेकी थिइन् । तर त्यसको केही घण्टाभित्रै नतालियाले पुरुष म्यागजिन एफएचएम र जुका लागि १० वर्ष अघि गरेको टपलेस फोटो जजहरुले अज्ञात स्रोतमार्फत पाए ।

फलस्वरुप, नतालियाबाट उक्त उपाधि खोसियो जुन रनर अप एलाना स्टोटलाई प्रदान गरियो ।

फेसबुक पेजमा नतालियाले फिनालेको क्रममा हस्ताक्षर गरिएको सम्झौता पत्रमा नग्न मोडलिङको नियमबारे स्पष्ट जानकारी नभएको बताइन् ।

उनी लेख्छिन्, ‘मेरो विगतका मोडलिङबारे मैले कहिले पनि ढाँटिन वास्तवमा भन्नुपर्दा यसबारे सबैलाई थाहा थियो ।’

‘जजहरुले मेरो विगतको मोडलिङ करियरबारे निकै राम्रोसँग अध्ययन गरेको बताइयो । उपाधि र रोल मोडलको रुपमा स्थापित गर्न मेरो विगत बाधक नबनेकोमा मलाई निकै खुसी लागेको थियो ।’

यद्यपी, उपाधि जितेको ३६ घण्टापछि नै आफू पछि हट्नु परेकोमा उनले दुःख व्यक्त गरिन् ।

उक्त घटनापछि आफूले विभिन्न निर्दयी कमेन्टहरु पाइरहेकाले यसले आफूलाई मानसिक रुपमा विक्षिप्त बनाएको बताएकी छिन् ।

‘मैले के हाँसिल गरेँ, त्यसमा म निकै गौरव महसुस गर्छु । म संसारको सबैभन्दा बढी बिक्रि हुने पुरुष म्यागजिनको कभरमा थिएँ र युकेको चर्चित मोडलिङ कम्पिटिसनको बिजेता बने ।’

‘२० वर्षको हुँदा मैले जे रोजेकी थिएँ यसले मलाई अहिलेको स्थान दिलाएको छ जसलाई म निकै सम्मान गर्छु र रुचाउँछु,’ उनले भनेकी छिन् ।

भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्नका लागि आफूमाथि भएको घटना सार्वजनिक गरेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप