शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्राका नयाँ डिजल जेनेरेटर नेपाली बजारमा

बिहीबार, १३ मङ्सिर २०७५, १२ : १०
बिहीबार, १३ मङ्सिर २०७५

काठमाडौं– महिन्द्रा गु्रप अन्तर्गत रहेको महिन्द्रा पावरले हालै नेपाली बजारमा विभिन्न रेन्जका डिजेल जेनेरेटरहरु ल्याएको छ । २५०– ३२० केभिए सम्मका जेनेरेटरहरुमा महिन्द्राका एम पावर सेरिज इन्जिनहरु लगाइएको छ ।

चेन्नई स्थित महिन्द्रा रिसर्च केन्द्रमा गरिएको खोज तथा अनुसन्धान र पुणे नजिकै अवस्थित चकन प्लान्टमा निर्मित नयाँ रेन्जका जेनेरेटरहरुमा एम पावर  सिरिज तथा नयाँ प्रविधिहरु युक्त सीआरडी इन्जिनहरु विद्यमान रहेका छन् ।  सहजै एक स्थानबाट अर्को स्थानमा लैजान सकिने ५ केभिएको कम्प्याक्ट जेनेरेटरहरु पनि कम्पनीले बजारमा प्रस्तुत गरेको छ । सीआरडी इन्जिनहरु चुस्त एवं विशेष किसिमले निर्माण गरिएको कम्पनीको दावी छ ।

यसमा कमन रेल डिजेल इन्जिन प्रविधि प्रयोग गरिएको छ । इन्धन किफायत गर्न तथा ठूला ठूला कार्य गर्नको लागि आवश्यक सीआरडीई प्रविधिको प्रयोग गरिएको छ । यसले उत्सर्जनका मान्यता अनुरुप वातावरण प्रदुषण हुनबाट समेत जोगाउँने कम्पनीले बताउको छ । हाल बजारमा ल्याइएको जेनेरेटरहरुमा पनि यही प्रविधियुक्त इन्जिनको प्रयोग गरिएको हँुदा जेनेरेटरहरु आफैमा विशेष बन्न पुगेका छन् । यति मात्र नभई यस प्रविधिको प्रयोगले ग्राहकलाई सञ्चालन खर्च पनि कम गराउन मद्दत गर्दछ । 

हालै महिन्द्रा पावरले नेपाली बजारमा ७.५ केभिए देखि २०० केभिए सम्मका डिजेज जेनेरेटरहरु प्रस्तुत गरेको छ । जस मध्ये ५ केभिए, २५० केभिए र ३२० केभिएका जेनेरेटरहरु नयाँ हुन् । इन्धन किफायती, उचित मूल्य तथा ग्राहकको व्यापारिक क्षमतालाई बृद्धि गर्न  अझ केन्द्रित रहदै आएको छ । महिन्द्रा पावरका डिजेल जेनेरेटर सेटहरु नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक सञ्जाल मार्फत खरिद गर्न सकिनेछ । कम्पनीका आधिकारिक विक्री कक्षहरुबाट तुरुन्तै आवश्यक सहयोग एवं विक्री पछिको सेवा पनि लिन सकिन्छ । 

महिन्द्रा पावर 

भारतको अग्रणी कम्पनीको एक हिस्साका रुपमा  रहेको महिन्द्रा पावर २००१–०२ देखि आफ्नो व्यापारलाई सशक्त रुपमा फैलाउँदै २०१७–१८ सम्म आउँदा २०० मिलियन अमेरिकी डलरको बन्न पुगेको छ । हाल महिन्द्रा पावरले ५ केभिए देखि ६२५ केभिए सम्मका डिजेल जेनेरेटरहरु उत्पादन गर्दै आएको छ । महिन्द्रा पावरले विभिन्न उपाधि एवं सम्मान पनि प्राप्त गर्दै आएको छ । कम्पनीले  २०१४ मा डेमिन प्राइज जस्तो गरिमामय सम्मान प्राप्त गरिसकेको छ ।

यो सम्मान जापानीज वैज्ञानिकहरुको समूह एवं इन्जिनियरले कम्पनीको गुणस्तरीयतालाई आधार मानी प्रदान गर्ने सम्मान हो । यसका अतिरिक्त भ्वाइस अफ कस्टोमर, लगायत थुप्रै अवार्ड पनि प्राप्त गरिसकेको छ । महिन्द्रा पावरका जेनेरेटरहरु भारत एवं विश्वभर विभिन्न उद्योगहरु जस्तैः बैंक, निर्माण तथा परियोजना, सार्वजनिक क्षेत्र, अस्पताल, होटेल, घर तथा उत्पादन क्षेत्रहरुमा प्रयोग भइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप