शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिजोरले बनायो बिजोक (फोटोकथा)

बिहीबार, १३ मङ्सिर २०७५, १८ : ३०
बिहीबार, १३ मङ्सिर २०७५

काठमाडौं— सरकारले शुक्रबारबाट काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको छ ।

आज बिजोर नम्बरका मात्रै सवारी साधनहरु चले । त्यस्तै १४ गते जोर, १५ गते बिजोर र १६ गते फेरि जोर नम्बरका सावारी मात्रै उपत्यकामा चल्न दिने सरकारले निर्णय गरेको छ ।

जसकारण सडकमा कम मात्रामा सवारी साधन चलेकाले सर्वसाधारणले गन्तव्यसम्म पुग्न ठूलो सास्ती खेप्नुपरेको छ । यो सास्ती मंसिर १६ गतेसम्म कायम रहनेछ ।

धर्म प्रचारको विवादमा मुछिएको संस्थाले गर्न लागेको सम्मेलनमा आउने पाहुनाका लागि पनि सरकारले सवारी साधनमाथि आंशिक प्रतिबन्ध लगाएर यात्रुलाई सास्ती दिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप