शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हतियार प्रहारबाट गम्भीर घाइते

मङ्गलबार, १० साउन २०७४, १३ : ४९
मङ्गलबार, १० साउन २०७४

महोत्तरी । गए राति सुतिरहेका बेला अपरिचित व्यक्तिले धरिलो हतियार प्रहार गर्दा गौशाला नगरपालिका– ५ शिवभक्तिखोरकी २५ वर्षीया रीतादेवी गिरी गम्भीर घाइते भएकी छन् । 

घाँटी, पाखुरा र पिँठ्यमा गहिरो चोट लागेकी रीताको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए । 

चार सन्तानकी आमा रीतका श्रीमान् रामजीवन आठ महिनादेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप