शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जोशी हाइड्रोपावरको आइपीओ खुल्यो, कतिसम्म पाइन्छ भर्न ?

आइतबार, १६ मङ्सिर २०७५, १० : ४२
आइतबार, १६ मङ्सिर २०७५

काठमाडौं–जोशी हाइड्रोपावरको आइपिओ आजबाट बिक्री खुला भएको छ । १६ लाख ९० हजार ४ सय ७० कित्ताका लागि आवेदन खुला भएको हो ।

यसमा कर्मचारीका लागि ३ प्रतिशत अर्थात ५० हजार ७ सय ५० कित्ता, सामूहिक लगानीकोषलाई ५ प्रतिशत अर्थात ८४ हजार ५ सय २३ कित्ता  र बाँकी रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता सर्वसाधारणका लागि बिक्रि खुला गरिएको कम्पनीले जनाएको छ । 

आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आवेदन मंसिर १९ गतेसम्म खुला रहनेछ । 

आवेदन सी—आस्वामार्फत दिन सकिनेछ । कम्पनीले स्थानीय बासिन्दाको लागि खुला गरेको तर बिक्रि नभएको २ लाख ४२ हजार १० कित्ता सेयर पनि यसैमा समावेश गरेको छ ।  

आयोजनाको विकास तथा आयोजना निर्माण गर्दा दिएको ऋण तिर्न पुँजी जुटाउँन आइपिओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । यसको बिक्रि प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।  
कम्पनीले इलाम जिल्लामा अपर पूवा १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप