उपप्रधानमन्त्री महरासँग उद्योगी व्यवसायीको भेट
काठमाडौं–उद्योगी÷व्यवसायीहरुले आर्थिक कूटनीतिमा जोड दिन सरकारलाई सुझाव दिएका छन ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएका हुन ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासंघको नेतृत्वले नेपालको समृद्धिका लागि आर्थिक कूटनीति मुख्य आधार भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराको ध्यानाकर्षण गराएका थिए ।
आर्थिक कूटनीतिमा जोड दिन सरकारलाई सुझाव दिइएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । उनले नेपालको आर्थिक विकासका लागि आवश्यक व्यापार बढाउन र लगानीको वातावरण बनाउन पनि आर्थिक कूटनीति अतिआवश्यक भएको पनि स्पष्ट पारिन् ।
त्यस अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले आर्थिक कूटनीतिलाई प्रभावकारी ढंगले अघि बढाउन निजी क्षेत्रसँग आवश्यक परामर्श लिन सरकार प्रतिवद्ध रहेको बताएका थिए ।
सरकारले वैदेशिक लगानी भित्रयाउने प्रतिवद्धता जनाउँदै आएपनि सो अनुसारको आर्थिक कूटनीति भने तय गर्न नसकेको निजी क्षेत्रको बुझाई छ । महासंघले नेपालको औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक लगानी भित्रयाउन उद्देश्यका साथ आगामी मंसीरभित्र अन्तराष्ट्रिय स्तरको लगानी सम्मेलन गर्ने योजना पनि बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण