शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षमा उनन्तिस वस्तुलाई एनएस चिह्न प्रदान

मङ्गलबार, १० साउन २०७४, १५ : ३५
मङ्गलबार, १० साउन २०७४

काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले आर्थिक वर्ष २०७३÷०७४ मा २९ वस्तुलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको छ । 

विभागबाट नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने प्रमुख कम्पनीमा नेपाल ग्यास, मनोज ग्यास, शालिमार स्टील, किसान पाइप उत्पादन प्रालि, इन्टरनेशनल सिमेन्ट, काठमाडौँ स्टील, ॐ गणपति इण्डट्रिज प्रालिलगायत छन् । 

विभागका प्रवक्ता रोमी मानन्धरले प्रक्रिया पु¥याएर ल्याइएका कम्पनीबाट उत्पादित वस्तुलाई सहजै एनएस चिह्न प्रदान गरिएको बताए ।  

एनएस चिह्न पाउनका लागि कुनै पनि कम्पनीले आफ्नो कम्पनीको आधिकारिक कागजातसहित विभागमा निवेदन दिएपछि र उत्पादित वस्तुलाई विभागमा ल्याएर गुणस्तर नाप्ने र फेरि निरीक्षण गरेपछि एनएस चिह्न प्रदान गर्ने गरिन्छ । 

नेपाली उत्पादनमध्ये हालसम्म २१० वस्तुले एनएस चिह्न प्राप्त गरिसकेका छन् । एनएस चिह्न लिए पनि समयमा नवीकरण नगरेका कारण केही वस्तुका एनएस चिह्न खारेज गरिएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप