यू– १९ एसिया बिश्वकप छनौट: नेपाल अन्तिम खेलमा अफगानिस्तानसँग पराजित
काठमाडौं– आईसीसी यू– १९ एसिया बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत छैठौं तथा अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ । प्रतियोगितामा भएको सबै खेलमा जित दर्ता गरी अफगानिस्तान सन् २०१८ यू–१९ विश्वकप खेल्नको लागी छनौट हुन सफल भएको छ । नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अफगानस्तानले कुल ६ खेल मध्ये ६ मा विजय हासिल गर्दै विश्वकपमा सफल बनेको हो । अफगानिस्तानसँग दुई खेलमा पराजित भएको नेपालले दोश्रो स्थानमा चित्त बुझाउनुपर्यो । यसअघि नेपाल अफगानिस्तानसँग १४१ रनले हारेको थियो ।
सिंगापुरस्थित इन्डियन एसोसियसन मैदानमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ४०.३ ओभरमा ९९ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो । नेपालको लागि दिपेन्द्र ऐरीले मात्र ४८ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले नेपालका लागी ठुलो योगदान दिन सफल रहन सकेनन् । पवन सर्राफ र प्रकाश केसीले समान १०–१० रनको योगदान दिए ।
यसअघि, अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १९५को योगफल बनाएको थियो । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले ११४ बलमा पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए । त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए ।
अफगानिस्तानका अर्का ओपनर नवीद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि साहब आलमले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ तथा कप्तान सन्दस्प लामिछाने र पवन शर्राफले एक एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी