बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसकारण रोकियो मन्त्रिपरिषद विस्तार

मङ्गलबार, १० साउन २०७४, १६ : २७
मङ्गलबार, १० साउन २०७४

काठमाडौ– नेपाली कांग्रेसभित्र मन्त्रालयको भागबण्डा नमिल्दा मंगलबार हुने भनिएको मन्त्रिपरिषद विस्तार बुधबारका लागि सारिएको छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच क–कसलाई मन्त्री बनाउने र कुन समुहले कति मन्त्रालय पाउने भन्नेमा विवाद भएपछि आज हुने भनिएको मन्त्रिमण्डल विस्तार रोकिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा आज बिहानैबाट मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक गृहकार्यमा जुटेपनि पौडेल समुहको अडानका कारण म‌गलबारको कार्यक्रम स्थगित भएको नेताहरुले बताएका छन् । कांग्रेसमा पौडेल पक्षले ६ वटा महत्वपुर्ण मन्त्रालय नपाए आफ्नो समुह सरकारमा नजाने बताउदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप