शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए स्कटल्याण्डका पदाधिकारीले लिए सपथ

सोमबार, १७ मङ्सिर २०७५, १८ : ५९
सोमबार, १७ मङ्सिर २०७५

स्कटल्याण्ड– हालै गठन भएको गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषदका पदाधिकारीले  सपथ लिएका छन्।  गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष  योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा. रामकुमार अधिकारीले  स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई  सपथ खुवाएका हुन् । सो समारोहमा पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण र सम्मान समेत गरिएको थियो । 

सो समारोहमा बोल्दै एनआरएनए युकेका अध्यक्ष  योगकुमार फगामीले स्कटल्याण्डमा  राज्य परिषदको गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमिकालाई सशक्त पार्नुपर्नेमा जोड दिए ।

 त्यस्तै एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले  एनआरएनए स्वयम्सेवी संस्था भएको र  एनआरएनए युकेले गैरआवासीय नेपालीहरुको नागरिकता,  नेपालमा लगानी, युकेमा नेपालीहरुको पहिचान, च्यारिटीहरु  लगायत  धेरै कार्यहरुको गरिरहेको बताए ।  त्यस्तै उपाध्यक्ष ललित न्यौपानेले एनआरएनए युकेले   स्कटल्याण्ड सहित वेल्स र नर्थन आयरल्याण्डमा राज्य परिषद गठन गरिएको र चाडैं  इङ्गल्याण्डमा   राज्य परिषद गठन गरिने बताए । 

यस्तै कार्यक्रममा बोल्दै नवगठित स्कटल्याण्ड राज्य समन्वय परिषदका  अध्यक्ष मोहन कार्कीले एनआरएनए स्कटल्याण्डले  नेपालीहरुको दोहरो नागरिकताको अभियानमा कटिबद्ध भएर लाग्ने , स्कटल्याण्डबाट नेपालमा सामुहिक लगानीको पहल गरिने र  आउँदा दिनहरुमा स्कटल्याण्डमा  एनआरएनएको सदस्यता वितरण कार्य तिव्र पारिने र संगठन विस्तार गर्ने बताए।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप