शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्षको बच्चाको कमाई दुई अर्ब ४७ करोड

मङ्गलबार, १८ मङ्सिर २०७५, ०८ : ०१
मङ्गलबार, १८ मङ्सिर २०७५

बीबीसी

सात वर्षको एउटा बच्चाले कति कमाउन सक्ला ? तपाईं भन्नुहोला कि यति सानो उमेरमा बच्चाले के नै काम गर्न सक्लान् ?

तर रेयान नामका सात वर्षे बालक युट्युबमा खेलौनाको रिभ्यु गर्छन् र यसको बदलामा उनका आमा–बुवाले राम्रो पैसा कमाइरहेका छन् ।

रेयानले गत वर्ष ११ मिलियन डलरको कमाई गरेका थिए जुन अहिले बढेर २२ मिलियन डलर (दुई अर्ब ४७ करोड रुपैयाँ) भएको छ ।

युट्युबमा रेयानको भिडियो करोडौंले हेर्छन् । रेयान ट्वेजरिभ्यु नामबाट एउटा युट्युब च्यानल चलाउँछन् ।

सेलिब्रिटीको सूचीमा छ नामः

यो युट्युब च्यानलमार्फत रेयान आफ्ना दर्शकलाई खेलौनाको दुनियाँमा लैजान्छन् ।

फोर्ब्स म्यागजिनले उनलाई सन् २०१७ मा संसारको सबैभन्दा धेरै पारिश्रमिक पाउने सेलिब्रिटीको सूचीमा राखेको थियो ।

सन् २०१छ मा सुरु भएको रेयान ट्वेजरिभ्युको भिडियोलाई अहिलेसम्म १६ अर्ब बढीले हेरिसकेका छन् ।

तर यति चर्चित हुँदा पनि रेयानबारे संसारलाई त्यति धेरै जानकारी छैन । उनी अमेरिकी हुन् भन्ने मात्र जानकारी उपलब्ध छ ।

युट्युब च्यानलः

गत वर्ष वासिङ्टन पोस्टलाई दिएको एक अन्तर्वार्तामा रेयानकी आमाले भनेकी थिइन्, ‘छोरा तीन वर्षको हुँदा युट्युब च्यानल बनाउने सोच आयो । रेयान निकै सानो हुँदादेखि नै खेलौनाको रिभ्यु देखाउने च्यानल निकै हेर्दथे ।’

रेयानकी आमाले आफ्नो पहिचान गोप्य राख्ने शर्तमा भनेकी थिइन्, ‘एक दिन रेयानले मलाई म अरुबच्चा जस्तै किन युट्युबमा छैन भनेर प्रश्न गरे । र त्यतिबेला हामीले हामी यस्तो गर्न सक्छौं भन्यौं । हामी खेलौनाको पसलमा गयौं, एउटा लिगो ट्रेन खरिद गर्यौं र यहीँबाट सुरुवात गर्यौं ।’

रेयानको एउटा भिडियो ८० करोड बढीले हेरेका छन् । सन् २०१५ को मार्चदेखि सुरु भएको युट्युब च्यानलले सन् २०१६ को जनवरी मै १० लाखबढी सब्सक्राइबर्स पायो । अहिले रेयानको च्यानलमा एक करोड बढी सब्सक्राइबर्स छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप