शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दर्पणले ल्याए 'तिम्ले बाटो फेर्‍यौ अरे - २' (भिडियो)

मङ्गलबार, १८ मङ्सिर २०७५, ०८ : २८
मङ्गलबार, १८ मङ्सिर २०७५

काठमाडौं – गायिका मेलिना राईको आवाजमा रहेको  ‘तिम्ले बाटो फेर्‍यौ अरे’को चर्चापछि यसैको अर्काे भर्सनका रुपमा  ‘तिम्ले बाटो फेर्‍यौ अरे — २’ सार्वजनिक भएको छ । 

गीतकार तथा मोडल दर्पण राईको शब्द रहेको  ‘तिम्ले बाटो फेर्‍यौ अरे’को सिक्वेल —२  ‘तिमीले खाएको कसम साँचो भएको भए’ बोलको गीतमा विक्रम राईको संगीत छ । 

‘तिम्ले बाटो फेर्यौ अरे’को दोस्रो गीतलाई लिएर मेलिना निकै उत्साहित छिन् । ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्यौ अरे’ले निकै सहयोग पुर्याएको छ’ मेलिनाले भनिन् ‘दोस्रो भागले मेरो करिअरमा थप उचाही दिनेछ ।’

गीतको आकर्षक भिडियो समेत बनेको छ । शान थापाको निर्देशन रहेको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने भिडियोमा राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । ‘तिम्ले बाटो फेर्‍यौ अरे’ गीतले विभिन्न रेकर्डहरु राख्न सफल भईसकेको छ । ‘तिम्ले बाटो फेर्‍यौ अरे’ वास्तविक प्रेम–वियोगमा आधारित गीत रहेको दर्पणको भनाई छ ।

भिडियो...

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप