शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘समर लभ’ ले ल्यायो ‘साया’ बोलको गीत

मङ्गलबार, १८ मङ्सिर २०७५, १० : ३६
मङ्गलबार, १८ मङ्सिर २०७५

काठमाडौं – सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

 रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउन ‘साया’ बोलको गीत सार्वजनिक गरैको हो । 

गीतमा आशिष पिया र रेवती क्षेत्री देखिएका छन् । सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देख्न सकिन्छ ।

गीतको भिडियालाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा स्वर पुष्पन प्रधानको सुन्न सकिन्छ, भने उनलाई फिमेल भर्सनमा साथ बाँनिका प्रधानले दिएकी छिन् । शब्द, संगीत पनि पुष्पनको नै छ ।

प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर २५ माघबाट प्रदर्शनमा आउने फिल्म ‘समर लभ’ मुस्कान ढकालले निर्देशन गरेका हुन् । 

चलचित्रमा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी गलगायतको अभिनय रहेको छ । 

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन्, भने फिल्मको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् । 

नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् । विनोद अधिकारी कार्यकारी निर्माता हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप