शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेन्ट्रल फाइनान्सले ५० प्रतिशत हकप्रद दिने

मङ्गलबार, १० साउन २०७४, १७ : ५६
मङ्गलबार, १० साउन २०७४

काठमाडौं– सेन्ट्रल फाइनान्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

चुक्ता पुँजी वृद्धिका लागि फाइनान्सले हकप्रद जारी गर्न लागेको हो । 

फाइनान्सको बार्षिक साधाणसभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको छ । अहिले ५२ करोड चुक्ता पुँजी रहेको फाइनान्सको हकप्रद जारी पछि चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्ने जनाइएको छ । केही समयअघि मात्र फाइनान्सले भक्तपुर फाइनान्स गाभेको छ । 

यो फाइनान्सले अपुग चुक्ता पुँजी गत आवको नाफावाट बोनस सेयर वितरण गरेर पुर्याउने जनाएको छ । गत आवमा फाइनान्सले १४ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप