शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित प्रहरी अफिसर सर्वेन्द्र खनाललाई नयाँ जिम्मेवारी

मङ्गलबार, १० साउन २०७४, १७ : ५९
मङ्गलबार, १० साउन २०७४

काठमाडौं— एसएसपी सर्वेन्द्र खनाललाई   महानगरीय ट्राफिक प्रहरी महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । 


यसअघि  प्रहरी महानिरीक्षकको सचिवालयमा  कार्यरत खनाललाई मंगलबार  आईजीपी प्रकाश अर्यालले सो जिम्मेवारीमा पठाएका हुन् ।  राजधानीको ट्राफिक अवस्था अस्तब्यस्त  हुँदै आएको सन्दर्भमा उनलाई गृहमन्त्री जनार्दन शर्माको चाहनामा सो जिम्मेवारी दिइएको  बताइएको छ । 


 हालका ट्राफिक प्रमुख डिआईजी मिङमार लामालाई भने प्रहरी प्रधान कार्यालयमा सरुवा  गरिएको छ ।  


हालै  एसएसपीबाट डिआईजी  सिफारिश  भएका खनाल काबिल प्रहरी अफिसर मानिन्छन् । 


यसअघि महानगरीय अपराध महाशाखामा रहँदा   प्रभावकारी काम गरेर चर्चा कमाएका थिए ।  उनी आजैदेखि महाशाखामा हाजिर भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप