शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘रेसिङ डिएनए’ यामाहा आर१५ भी३ अब नेपालमा, मूल्य ४ लाख १९ हजार

मङ्गलबार, १८ मङ्सिर २०७५, १८ : २५
मङ्गलबार, १८ मङ्सिर २०७५

काठमाडौं –नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्टस् बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ ।

नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ ।

सन् १९९८ मा यामाहा आर१ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर१५ भी३मा पनि त्यस्तै बेजोड प्रविधि र पर्फमेन्स दिने फिचरहरु राखेको छ । यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान छ जसले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ । नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ ।

आर१५ को नयाँ संस्करणमा यामाहाले क्रान्तिकारी ‘भीभीए सिस्टम’ समावेश गरेको छ जसले तल्लो र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसले पर्फमेन्सलाई अझ दमदार बनाइदिन्छ । त्यसैगरी, ‘ए एन्ड एस क्लच’ले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ ।

१३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको छ । साथै, ‘एग्रेसिभ राइडिङ पोजिसन‘ र चौडा टायरले राइडिङमा थप उत्साह प्रदान गर्छ । 

‘आर१५ भी३ले पर्फमेन्स, डिजाइन र इनोभेसन जस्ता यामाहाका मुल सिद्धान्तलाई अवलम्बन गर्दै विश्वस्तरीय नयाँ उत्पादन ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ एमएडब्लु इन्टरप्राइजेजका सीइओ चिरञ्जीवी शाहले भने, ‘हामीलाई विश्वास छ आर१५ भी३ले लोकप्रिय १५० सीसीको सेग्मेन्टमा यामाहाको उपस्थितिलाई दमदार बनाउनुका साथै नेपाली बजारमा यामाहाको ब्रान्ड भ्यालुलाई नयाँ उचाइमा पुर्याउने छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप