शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थमन्त्री कार्की भन्छन्– पूँजिगत खर्च गर्ने निकाय नै छैन

मङ्गलबार, १० साउन २०७४, १८ : १४
मङ्गलबार, १० साउन २०७४

काठमाडौं– अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ मन्त्रालय प्रत्यक्ष पूँजीगत खर्च गर्ने निकाय नभएको दावी गरेका छन् । अर्थमन्त्री कार्कीले बजेट निर्माण तथा कार्यान्वयनका लागि खर्च प्रणालीमा सुधार तथा सहजीकरण गर्ने कामलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालय लागि परेको पनि स्पष्ट पारे । 

व्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उहाँले सरकारले पूँजीगत खर्च बढाउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिईसकेको पनि स्मरण गराए । अर्थमन्त्री कार्कीले पूँजीगत खर्च भए, नभएको अनुगमन गर्ने कार्ययोजना पनि सुनाए । 

अर्थ मन्त्रालयले चेकको भुक्तानी एक महिना भित्र गरीसक्न पनि सम्बन्धित निकायलाई सचेत गराएको छ । अर्थमन्त्री कार्कीले एक महिना भित्र चेक सटही गरिसक्ने कानुनी व्यवस्था परिपालना गर्न सम्बन्धित निकायलाई सचेत पनि गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप