मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जयकिसन र सिर्जनाको यस्तो छ ‘धुम २’ ट्रेलर

मङ्गलबार, १० साउन २०७४, १८ : २१
मङ्गलबार, १० साउन २०७४

काठमाडौं – अभिनेता जयकिशन बस्नेतको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्र ‘धुम २’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । 


ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ ।


तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रेहको छ ।
कार्यक्रममा फिल्मका दुई गीत पनि देखाइएको थियो ।

– कार्यक्रममा यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी नायिका सिर्जना भट्टराईले आफू छुच्ची चरित्रमा देखिएको बताइन् ।– अभिनेता शोभित बस्नेतले चलचित्रमा आफ्नो रमाइलो किसिमको खलचरित्र रहेको बताए । 
– कलाकारसमेत रहेका चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले दर्शकले एउटा पूर्ण मनोरञ्जन प्रदान चलचित्र बनेको बताए ।
– चलचित्रका मुख्य कलाकारसमेत रहेका जयकिशनले पूर्ण रुपमा कमेडी फ्लेबरमा चलचित्र बनेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप