बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम गीत २’ले करियरमा उचाही दिलाउँछ – अश्लेषा

मङ्गलबार, १० साउन २०७४, १८ : ३५
मङ्गलबार, १० साउन २०७४

काठमाडौं – अभिनेत्री अश्लेषा ठकुरी अहिले चर्चामा छिन् । चलचित्र ‘प्रेमगीत २’को प्रदर्शन मिति नजिकिदै गर्दा उनको चर्चा चुलिएको हो । चलचित्रको उनी मुख्य अभिनेत्री पनि हुन् । ‘प्रेमगीत २’ शुक्रबारबाट एकसाथ देशभर प्रदर्शनमा आउँदैछ ।


अश्लेषाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । डेब्यु चलचित्रबाटै उनी मनग्य चर्चा पाउन सफल भएकी छन् ।  रंगकर्मीद्वय सुनील पोखरेल र वीरेन्द्र हमालको विद्यार्थी उनी चलचित्रले प्रचार प्रसारका लागि देशभर आयोजना गरेको कन्सर्टमा समेत सहभागी भएकी थिइन् । सो कन्सर्टमा उनी र चलचित्रका भित्रको उनको जोडी प्रदीप खड्कालाई हेर्न दर्शकको भिड देखियो । कन्सर्टमा केही नृत्यका प्रस्तुति समेत उनले दिएकी थिइन् ।


‘चलचित्रबाट यति धेरै चर्चा पाइन्छ भन्ने सोचेकी पनि थिइन’ अश्लेषाले भनिन् ‘अन्य कलाकारले धेरै चलचित्रबाट पनि नपाउने चर्चा मैले पहिलो चलचित्रबाट पाए ।’ चलचित्रको प्रदर्शन पछि आफ्नो अभिनय करियरले  अझ उचाही लिने उनले सुनाइन् । 


‘प्रेम गीत २’ निर्माता सन्तोस सेनले बनाएका हुन् । सेनले यस अगाडि केही चलचित्र निर्माण गरिसकेका छन् । चलचित्रबाट सन्तोस पनि अभिनयमा देखिदैछन् । 
प्रेमकथामा बनेको यो चलचित्र बर्ष २०७४को प्रतिक्षित चलचित्र पनि भने यसमा प्रदीपसँग उनले रोमान्स गरेकी छन् । रामशरण पाठकको लेखन निर्देशक रहेको चलचित्र भित्र प्रेम, भ्रमण र बदला समेत रहेको् बताइएको छ । 
कल्याण सिंह, अलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत रहेको चलचित्रमा प्रदीप र अश्लेषाका अलवा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायत कलाकारको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप