शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालबालिका पढाउन मिस मंगोलले सुरु गरे छात्रवृत्ति कोष

बुधबार, १९ मङ्सिर २०७५, १३ : १८
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौ – ‘मिस मंगोल– २०१८’का विजेताहरुले ५० लाखको शैक्षिक छात्रवृत्ति कोष घोषणा गरेका छन् । 

राजधानीमा पत्रकार सम्मेलन गर्दै विजेता जाङमु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाले संयुक्त अभियानको रुपमा यो छात्रावृत्ति घोषणा गरेका हुन् । 

आर्थिक अभावले विद्यालय बाछ बन्चित बालबालकिालाई पडढाउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको कार्यक्रममा जानकारी दिए ।

छात्रवृत्ति राजधानी वा मोफसलका जुनै ठाँउमा बिद्यार्थीले पनि पाउने कार्यक्रममा जानकारी दिइयो । विद्यार्थी एसईईसम्म पढाउने योजना छात्राबृदीको रहेको छ । 

वार्षिक १० भन्दा बढी बालबालिकालाई पढाउने लक्ष्यका साथ सुरु गरिएको यो कोषको मुख्य स्रोत ‘डोनेसन’ र ‘फन्ड राइजिङ च्यारिटी प्रोग्राम’ हुने मिस मंगोल नेपाल २०१८ की विजेता जाङमु शेर्पाले जानकारी दिइन् ।

 ‘मिस मंगोल नेपाल भएपछि सामाजिक दाइत्व पनि हुन्छ’ उनले भनिन् ‘पहिचान पाएका छौं केही काम गर्नुपर्छ भनेर अभियान सुरु गरेका हौ ।’

पत्रकार सम्मेलनमा फस्ट रनरअप प्रीति गुरुङले कोषलाई पारदर्शी र विश्वव्यापी बनाउन बेभसाइट निर्माण गरी सबै जानकारी राखिने जानकारी दिइन् । 

कोषकी अर्की अभियन्ता एवं सेकेन्ड रनरअप पुनम शेर्पाले यो कोषमार्फत विद्यालय जान नपाएका धेरै बालबालिकाले पढ्न पाउने बताइन् ।

 ‘अहिलेको युगमा पढ्न नपाउनु दुःखको कुरा हो’ उनले भनिन् ‘त्यसैले हामीले शिक्षा क्षेत्र छनोट गरी बालबालिकाका लागि अभियान चलाएका हौ ।’ 

अभियान सबै समुदायका बालबालिकामा लागु हुने उनले सुनाइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप