शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘अल्ट्रा–धावक’ पण्डितको श्रद्धाञ्जली सभामा प्यूठानी जनसागर यस्तो देखियो

मङ्गलबार, १० साउन २०७४, १९ : ३९
मङ्गलबार, १० साउन २०७४

राधिका भुसाल
प्यूठान – गत असार २ गते हिमाल आरोहणका क्रममा निधन भएका अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको आज प्यूठान जिल्लामा श्रद्धाञ्जली सभा गरिएको छ । पण्डितको श्रद्धाञ्जली सभामा प्यूठानीहरुको बृहत जनसागर उर्लिएको छ ।  
अमेरिका स्थित अलास्काको डेनाली माउण्टेन आरोहणका क्रममा निधन भएका प्यूठान नगरपालिका ७ टिकुरी निवासी स्व. पण्डितको टिकुरी वसपार्कमै श्रद्धाञ्जली सभा गरिएको हो । दिउसो करिव २ः ३० बजे हेलिकप्टर मार्फत प्यूठान ल्याइएका स्व. पण्डितप्रति श्रद्धा व्यक्त गर्नेहरु घुँइचो लागएको छ । राजनेता, कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थी, शुभचिन्तक, व्यापारी, आफन्तजन लगायत प्यूठानवासीहरुले स्व. पण्डित प्रति श्रद्धा व्यक्त गरिरहेका छन् ।

 
स्व. पण्डितको निधनमा भावविहल अवस्थामा रहेकी श्रीमती कञ्चन थापा दागबत्ति दिएकी छन् । अहिले आफन्तजन लगायत जिल्लावासीहरु स्व. पण्डितको दाहासंस्कारमा जुटेका थिए ।

शोक सभामा पूर्व गृहमन्त्री गौतम 
नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री बामदेव गौतम पनि पण्डितको पार्थिव शरिर भेट्न सभामा पुगेका थिए । स्व. पण्डितको निधल सिंगो राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको उनले बताए । 
धावक तथा हिमाल आरोहीको रुपमा ख्याती कमाएका प्यूठानका एक सक्रिय लगनशील एवं उर्जाशिल युवा स्व. सञ्जय पण्डितको निधनले अहिले प्यूठान जिल्ला शोकमग्न  जस्तै बनेको थियो । 
प्यूठान जिल्लाको प्रसिद्ध तर उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेका स्वर्गद्धारी सहित विभिन्न धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वका स्थानहरुलाई सगरमाथाको उचाईबाट प्रर्वद्धन गर्ने लक्ष्यसंगै विश्व कीर्तिमानी समेत हासिल गर्ने महान यात्रामा जुटेका पण्डितको  शाहसिक कदमले प्यूठान जिल्लालाई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा ठुलो योगदान पुर्याएको थियो । 


नव निर्वाचित मेयार कक्षपति भन्छन्– ‘स्व. पण्डितलाई अमर राख्ने कार्य गर्ने छु ’
श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै प्यूठान नगरपालिकाका नवनिर्वाचित मेयर अर्जुन कुमार कक्षपतिले स्व. पण्डितलाई सदैव अमर राख्न लागि स्व. पण्डितको जीवनीमा आधारित डकुमेण्ट्री निर्माण संगै  दिर्घकालीन महत्व रहने गरी सम्झना योग्य काम गर्ने उद्घोष गरेका छन् । 
सफलताको यात्रामा बढेका दृढ, आत्मविश्वासी एवं शाहसिक छवी भएका पण्डितले सर्वोच्च शिखर सगरमाथा, मनास्लु सहित विश्वका अन्य ७ महादेशका उच्च शिखर चुम्दै विश्व कीर्तिमानी कायम गरेका थिए । नेपालको कृतिमानी उच्च राख्ने महान यात्राको क्रममा उनको निधन भएपछि जिल्लालाई ठुलो क्षति पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप