मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीमा नेपाल, भारत र बङ्गलादेशले विशेष मेला आयोजना गर्दै

बुधबार, १९ मङ्सिर २०७५, १५ : ५२
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौँ– साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् । 

ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको प्रदर्शनी गरी नेपाल र नेपाली उत्पादनको प्रवद्र्धन गरिने रियादस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासले नेपाल प्रवद्र्धन हुने उक्त कार्यक्रममा सहभागी हुन साउदीमा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप