बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मार्सले मनायो १५औं बार्षिकोत्सव, डिजिटल मार्केटीङको सुरुवात

बुधबार, १९ मङ्सिर २०७५, १५ : ५९
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौं । विज्ञापन एजेन्सी मार्सले आफ्नो १५ औं बार्षिकोत्सव मनाएको छ । यसै दौरानमा पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफ एम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा व्यापक सफलता हासिल गरेको छ । यसै बार्षिकोत्सवको सन्र्दभ पारेर यस एजेन्सीले डिजिटल मार्केटीङका पनि सुरुवात गरेको जनाएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले भने, ‘१५ बर्षको सफल कार्यले हामी लगायत सम्पूर्ण टिममा उत्साह थपिएको छ । २००३ मा स्थापित भएर २०१८ सम्म आइपुग्दा नेपालका केहि ख्याति प्राप्त कम्पनीको सेवा गरेर आगामी दिनमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप