स्याल आतंकः निर्वाचित जनप्रतिनिधि सहित २८ जना घाइते
बझाङ – जयपृथ्वी नगरपालिका–४ गोलाईमा स्यालले आतंक मच्चाउन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् ।
बेलुकाको समयमा स्यालले सर्वसाधारण स्थानीयवासीलाई आक्रमण गर्ने गरेको स्थानीयवासी नरेन्द्र खातीले बताए । अहिलेसम्म जयपृथ्वी नगरपालिका–४ गोलाईमा मात्र आइतबार साँझपख १५ जनाभन्दा बढीलाई स्यालले टोकेर घाइते बनाएका छन् ।
यस्तै, जयपृथ्वी नगरपालिका–३ पडेसमा समेत स्यालकै आक्रमणबाट झण्डै ६ जनाभन्दा बढी घाइते भएका छन् । बेलुका ७ बजेपछिको समयमा बाटोमा हिँड्ने बटुवा तथा जो कोही व्यक्तिलाई स्यालले आक्रमण गर्ने गरेको स्यालको आक्रमणबाट घाइते भएका गोलाईका सुशील खातीले बताए । सदरमुकाम चैनपुरबाट घरजाने क्रममा स्यालले आफूसँगै रहेका अन्य चार जनालाई समेत आक्रमण गरी सामान्य घाइते पारेको उनको भनाइ छ ।
यस्तै, बेलुका सदरमुकाम चैनपुरबाट घर जानेक्रममा जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खातीलाई समेत स्यालले आक्रमण गरी घाइते बनाएको छ ।
घाइते खातीको खुट्टामा टोकेपछि जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको खातीले बताएका छन् ।
यस्तै, पडेसमा रहेको आर्मी ब्यारेकमा समेत डिउटीमा रहेका सैनिकलाई पनि स्यालले आक्रमण गरी घाइते बनाएकोे छ ।
आइतबारदेखि आजसम्म २८ जनाभन्दा बढी स्थानीयवासीलाई स्यालले आक्रमण गरी घाइते बनाएको स्थानीयवासीले बताएका छन् । स्यालको आक्रमणबाट शेरबहादुर खाती, वीरेन्द्र सार्की, कविराज जोशी, गगन उपाध्याय, राजु उपाध्याय, सूर्य थापालगायत २८ जनाभन्दा बढी घाइते भएका हुन् ।
बेलुकी ७ बजेपछि बाटोमा हिँड्दा स्यालले आक्रमण गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न थालेका छन् । बाटोमा एक्लै हिँड्नसमेत छोडेको स्थानीयवासी नरेन्द्रजङ्ग खातीले बताए । स्यालले स्थानीयवासीमाथि आक्रमण गर्न थालेपछि ७ बजेभन्दा पछि उनीहरु यो बाटो हिँड्न छोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित