बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रेनो एक्सचेन्ज क्याम्प, अब तपाईंको सहरमा

बुधबार, १९ मङ्सिर २०७५, २१ : १३
बुधबार, १९ मङ्सिर २०७५

काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रा.लि. (विशाल समूहको सहायक कम्पनी) ले रेनो कार प्रेमीहरुका लागि यही २० गतेदेखि पुस ६ गतेसम्म रेनो एक्सचेन्ज क्याम्प सुरु गरेको छ । 

‘पुरानो छोडौं ! नयाँ गुडाऔँ’  भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा नेपाल अधिराज्यभरबाट पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ । 

रेनोको क्विड, डस्टर र  क्याप्चर  मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुविधालगायत सेवा उपलब्ध गराएको छ । 

कप्नीका अनुसार ग्राहकहरुले प्रत्येक  टेस्ट ड्राइभ गरेबापत आकर्षक उपहार जित्नेछन् ।

रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप