शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्दिरमा किन राखिन्छ घन्टी ?

बिहीबार, २० मङ्सिर २०७५, ०७ : ४३
बिहीबार, २० मङ्सिर २०७५

हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । 

अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ । 

धार्मिक कारण 
मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ । मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ । तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शानार्थीले घन्टी बजाउँछन् । घन्टी
बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने आगमशास्त्रमा उल्लेख छ । 

घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ । 

वैज्ञानिक कारण 
मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा मनलाई सफा र जागरुक बनाउँछ । 

साथै, ध्यानलाई पुर्ण रुपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ । 

प्राय : घन्टी लामो र तिखो आवाज आउने गरी बनाइएका हुन्छन् जसको प्रतिध्वनी कम्तीमा सात सेकेन्सम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ । 

जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता छ । आजको नयाँ पत्रिकाबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप