बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिहान उठ्दा अनुहार सधैं सुन्निन्छ भने यसलाई सामान्य नठान्नुहोस्

बिहीबार, २० मङ्सिर २०७५, ०९ : ३३
बिहीबार, २० मङ्सिर २०७५

बिहान उठेपछि ऐनामा अनुहार हेर्दा सुन्निएको जस्तो लाग्छ ? धेरैलाई लाग्न सक्छ । यदि तपाईंलाई पनि यस्तै लाग्छ भने यसको पछाडि पाँच कारण हुनसक्छन् ।

१. तपाईंलाई आफ्नो तकिया र त्यसको खोलसँग एलर्जी हुनसक्छः

तकिया र त्यसको खोल हेर्दा राम्रो भएर मात्र पुग्दैन । तपाईं त्यसमा आठदेखि नौ घण्टा सुत्नुहुन्छ त्यसकारण यो सफा हुन अत्यावश्यक छ । यतिमात्र होइन, त्यो कुन मटेरियलबाट बनेको छ, त्यसबारे पनि ध्यान दिनुपर्छ । यदि तपाईंको अनुहार विशेषगरी आँखा सुन्निन्छ भने तपाईंलाई एलर्जी हुनसक्छ ।

via GIPHY

२. के तपाईंले ‘मुन फेसिस’ बारे सुन्नुभएको छ ?

हुनसक्छ तपाईंले यो पहिलो पटक सुन्नुभएको होला । यो एउटा यस्तो अवस्था हो जसमा तपाईंको अनुहार पहिलेको भन्दा ठूलो र सुन्निएको जस्तो लाग्छ । तपाईं अत्यधिक तनावमा भएका बेला यस्तो हुन्छ । तपाईं अत्यधिक तनावमा हुँदा कार्टिसोल नामको हर्मोन उत्पादन हुन्छ । तपाईंलाई मुन फेसिस भएको हो होइन भनेर त्यति चाँडै पत्ता लाग्दैन त्यसकारण कुनै कारण बिना नै अनुहार सुन्निन्छ भने अस्पताल जानुहोस् ।

via GIPHY

३. तपाईंले अत्यधिक धेरै नुन खाएको पनि हुनसक्छः

नुन पिरो टक्क भएको खानेकुरा कसलाई मनपर्दैन ? तर कतिसम्म ? तपाईंले धेरै नै नुन खानुभएको छ भने पनि तपाईंको अनुहार सुन्निन्छ । नुनले शरिरमा पानी जम्मा गर्छ जुन बाहिर आउन पाउँदैन । त्यसकारण अनुहार र शरिर सुन्निएको जस्तो लाग्छ । विशेषगरी तपाईंले रातीको समयमा यस्तै खानेकुरा खानुभएको छ भने यस्तो हुन्छ त्यसकारण हरियो सब्जी इत्यादि खानुहोस् ।

via GIPHY

४. हावामा केही छः

तपाईंलाई हावाको एलर्जीका कारण पनि यस्तो हुनसक्छ । हावामा धेरै कुरा हुन्छ । धुलो, प्रदुषण इत्यादि । यस कारण तपाईंलाई आँसु आउँछ, खोकी लाग्छ, रुघा लाग्छ । यी सबैले अनुहार सुन्निन्छ । तर यसमा राम्रो कुरा के छ भने यदि एलर्जी भएन भने तपाईंको अनुहार पनि नर्मल हुन्छ ।

via GIPHY

५. हर्मोन त पक्कै छः

जब तपाईंको शरिरभित्र हर्मोन परिवर्तन हुन्छ तब त्यसको असर अनुहारमा पनि देखिन्छ । तपाईंले याद गरेको हुनुपर्छ कि महिनावारी सुरु हुनुअघि तपाईंको शरिर सुन्निन्छ । साथै, महिनावारी रोकिन लागेका महिलामा यो समस्या धेरै देखिन्छ । यदि महिनावारी समाप्त भइसक्दा पनि अनुहार सुन्निन छोडेको छैन भने अस्पताल जानुहोस् ।

via GIPHY

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप