शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'इसाई धर्म प्रचारक कार्यक्रमको आयोजक बनेर सरकारले देशलाई द्वन्द्वतर्फ धकेल्यो'

बिहीबार, २० मङ्सिर २०७५, १० : ४४
बिहीबार, २० मङ्सिर २०७५

जनकपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले देशमा शान्ति, स्थायित्व, विकास र समृद्धिभन्दा देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका छन् ।

बिहिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले इसाई धर्मप्रचार संस्थाको कार्यक्रममा सरकार आफै सहआयोजक बन्नु आपत्तिजनक विषय रहेको भन्दै यसले नयाँ अस्थिरताको खतरा बढेको दावी गरे ।

अध्यक्ष थापाले २०६३/०६३ को आन्दोलनमा धर्म निरपेक्षताको कुरा नउठेपनि  विदेशीको ईशारामा धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको बताए ।

उनले जनआन्दोलनपछि १२ वर्षमा लाखौँ व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराईएको दावी गर्दै यसरी धर्म परिवर्तन बढ्दै गए मुलुक धार्मिक तथा सांस्कृतिक द्वन्द्वमा फस्ने चेतावनी दिए । 

अध्यक्ष थापाले आगामी फाल्गनु ७ गते देखि राप्रपाले हिन्दुराष्ट्र निर्माणका लागि संघर्षका कार्यक्रम गर्ने भन्दै १ वर्षभित्र संगठन सुदृढिकरण अभियान, पार्टी इकाईको पुनर्गठन, ५० हजार सदस्यता वितरण र हिन्दुराष्ट्र पुनर्जागरणको अभियान चलाइने जानकारी दिए । 

पार्टी एकीकरणबारे अध्यक्ष थापाले पशुपति शम्शेर जबराले नै विभिन्न बखेडा झिकेर भाग्न खोजेको आरोप लगाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप