अमेरिकामा पुरुषोत्तम न्यौपाने घन्किए
राजाराम पौडेल
लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने गत आइतबार अमेरिकामा एकल साँझमा झुल्किए । एकल साँझमा उनले आफ्ना चर्चित गीत सरर पानी घट्टमा, श्रीखण्ड चन्दन, ऐना हेरेर, झिलझिल सितारा, मत हिँडे पोखरा माया हिड्यो दाङको बसैमा, मिर्मी मुनि काली थुनेको, फुलको वासना, रुन्छ नि मन किन रुँदैन, घाम जस्तो चम्किलो जुन हुँदैन लगायतका गीत सुनाउदै माहोल घन्काए । तीजको झल्को मेटाउन तीज गीत समेत उनले सुनाए ।
सयौँ गीतमा आफ्नो आवाज भरिसकेका न्यौपानेले अमेरिकाको कोलोराडो स्थित वेष्ट मिनिस्टरमा आयोजित कार्यक्रममा ३ घण्टासम्म आफ्नो प्रस्तुति राखे । उनले प्रस्तती राख्दा उपस्थित दर्शकले खुलेरै साथ दिए । कोही छमछमी नाचे त कोहीले स्वरमा स्वर मिलाउदै उनलाई साथ दिए ।
गायक न्यौपानेका प्रस्ुतती सुन्न ठुलो संख्यामा अमेरिकाबासी नेपाली प्रंशसक जम्मा भएका थिए । कार्यक्रममा उपस्थित दर्शकलाई आयोजक समेत रहेका याक एण्ड यती रेष्टुरेन्टका सञ्चालक दिनेश भट्टराईले निःशुल्क प्रवेश र डिनरको व्यवस्था मिलाएका थिए । कार्यक्रमको शिलशिलामा श्रीमती भगवती न्यौपाने सहित अमेरिका पुगेका न्यौपाने त्यहाँ रहदाँ विभिन्न कार्यक्रममा सहभागी बन्दै आफ्नो प्रस्तुती राखिरहेको छन् । गत जुन ३० तारेखमा अमेरीका प्रस्थान गरेका न्यौपाने अगस्त ४ तारेखमा नेपाल फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन