शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जुत्ता लुकाइमा पाएको पैसाबारे परिणीत चोपडाले मुख खोलिन्ः भनिन्, ‘निक निकै दानी निस्किए’

बिहीबार, २० मङ्सिर २०७५, १२ : ०१
बिहीबार, २० मङ्सिर २०७५

प्रियंका चोपडाको हिन्दु परम्परा अनुसार भएको विवाहमा परिणीती चोपडाले भिनाजु निकसँग जुत्ता लुकाइमा पाँच लाख डलर अर्थात् (पाँच करोड ५८ लाख रुपैयाँ) को माग गरेको बताइएको थियो । तर कतिपय भारतीय मिडियाले उनले पाँच लाख भारुको माग गरेको पनि बताएका छन् । यसबारे परिणितीले मुख खोलेकी छिन् । उनले मिडियाले गरेको अड्कलबाजी गलत भएको सोसल मिडियामा बताएकी छिन् ।

उनले सोमबार आफ्नो ट्वीटर ह्यान्डलमा निक निकै नै दानी भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘जसले जुत्ता लुकाईमा पाएको रकम अनुमान गरिरहेको छन्, म भन्नु चाहन्छु कि तपाईंहरुलाई केही पनि थाहा छैन । अहिलेका लागि यति भन्न सक्छु कि तपाईंहरु सबै गलत हुनुहुन्छ । हाहा । निक योभन्दा पनि धेरै क्रेजी र निकै दानी निस्किए । शब्दविहिन । अहिले पनि त्यो पल आँखामा घुमिरहेको छ । उनले हामीलाई चकित पारिदिए । साँच्चै नै निकै राम्रो दिन थियो ।’

जुत्ता लुकाईमा परिणीतीले भिनाजु निकसँग मागिन् पाँच करोड ५८ लाख, पाइन् कति ?

पहिले नै बनाएकी थिइन् यो योजनाः

परिणितीले अक्टोबरमा एक समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा उनले भिनाजु निकको जुत्ता लुकाएबापत् पाँच मिलियन डलरको माग गरेको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप