केन्द्रीय संस्करण

‘सुरुमै सरकार आयोजक भनेर लेखिनु नै गल्ती भयो’

person access_timeमंसिर २०, २०७५ chat_bubble_outline0

एसिया प्यासिफिक सम्मेलनमा सरकारको सक्रियता एवं सहभागितालाई लिएर अहिले पनि बहस र विवाद जारी छ । यसमा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सहभागिता र सक्रियतालाई लिएर उनकै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि ठूलै हङ्गामा छ । नेता नेपालको भूमिकाप्रति सोही पार्टीका नेताहरूले प्रश्न उठाएका छन् । विवादित संस्थाको आयोजनामा सम्मेलन गराउने विषयमा नेता नेपालको रुचि किन थियो ? र, यस्तो सम्मेलनमा उनले किन सहभागिता जनाए ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीका लागि बबिता शर्माले वरिष्ठ नेता नेपालसँग गरेको कुराकानीको मुख्य अंश । 

एसिया प्यासिफिक सम्मेलनलाई लिएर सरकार र नेकपा विवादमा तानिएका छन्, यसमा तपाईंको धारणा के छ ?

एसिया प्यासिफिक समिट नेपालमा हुनु भनेको आफैमा पनि खुसीको कुरा हो । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, फैलाउन र प्रबद्र्धन गर्न यदि नेपाललाई आयोजना स्थल बनाइन्छ भने त्यो यो राम्रै कुरा हो । जहाँसम्म यो संस्थाको कुरा रहेको छ, त्यो संस्थाभित्र तीनवटा छुट्टाछुट्टै संस्था छन् । एउटा युनिभर्सल पिस फेडेरेसन, अर्को इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटकल पार्टिज् (आईक्याप) र तेस्रो इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टिरियन फर पिस (आईएपीपी) हो ।

तीनवटा संस्थामध्ये आईक्यापमा एसियाका तीन सय ५० वटा पार्टी र तीनका नेता संलग्न छन् ।  त्यसका संस्थापक अध्यक्ष होजे डे भेनेन्सिया आफैले सम्मेलनमा सहभागिता जनाउने चासो राख्नुभएको थियो । तर उहाँलाई एक हजार मिटरमाथिको उचाइमा समस्या हुने भएकाले स्थायी समितिका सदस्यहरू, थाइल्यान्डका पूर्वमन्त्री र बीजेपीका नेता विजय जोलीलाई खटाउनुभएको हो । मसँग पनि उहाँले आईक्यापको विषयमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । मैले पनि नेपालमा हुँदा राम्रै हुन्छ भनेर भनेको हुँ । 

त्यसैगरी शान्तिका लागि सांसदहरूको अन्तर्राष्ट्रिय सङ्गठन (आईएपीपी) भन्ने संस्था छ । त्यो सङ्गठनमा विभिन्न देशका सांसदहरू जोडिएका छन् । भारतको सत्ताधारी पार्टीकै एकजना सांसद सो सङ्गठनअन्तर्गत भारतको प्रमुख हुनुहुन्छ । जहाँसम्म युनिभर्सल पिस फेडेरेसनको कुरा छ, यो सङ्गठनलाई संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्ले साधारण सदस्य नै बनाएको हुनाले यस्तो संस्थामाथि हामीले प्रश्न खडा गर्नुभन्दा यूएनसँग सोध्दा राम्रो हुन्छ । नेपाल सरकारलाई शङ्का लागेको छ भने सोधखोज गर्न सकिन्छ । मलाई पनि यी सबै विषयमा जानकारी हुने कुरा भएन । मैले संस्थाबारे प्रश्न खडा गरेको छैन । र, प्रश्न खडा गर्न उचित पनि ठानेको छैन । उसको उद्देश्य प्रणाली जे रहेको छ, त्यो पनि ठीक देखिन्छ । त्यो संस्थाको उद्देश्य नै विश्वशान्ति रहेको छ । अर्को कुरा यो संस्था पहिलो पटक नेपाल आएको पनि होइन । यो संस्थालाई लिएर अचानक यति ठूलो विवाद गर्नुको पछाडिको कारण के होला ? मैले पनि बुझ्न सकेको छैन । पहिलेदेखि नै प्रश्न खडा भएको भए एउटा कुरा हुन्थ्यो । त्यसमाथि यो संस्था नेपालको शन्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलिरहेका संस्थामध्ये एक पनि हो । 

यो पनि पढ्नुहोस्

'दुई तिहाईको सरकार एकनाथ ढकालले चलाएको हो ?'

एउटा कम्युनिस्ट पार्टीको सिद्धान्त र धर्मनिरपेक्ष राष्ट्र उल्लेख भएको हाम्रो संविधानविपरीत एउटा अमूक धर्मको प्रचारक संस्थाको प्रवद्र्धक नै बनेर सरकार र पार्टीका नेतृत्व लागेपछि विरोध हुनु स्वभाविक भयो, होइन र ? 

हामी त्यो संस्थाको सदस्य पनि होइनौँ । हामी त्यो संस्थामा संलग्न पनि छैनौँ । त्यो संस्थाले आयोजना गरको कार्यक्रममा सहभागी भएका मात्रै हौँ । सहभागी नै हुनुहुँदैन भन्ने हो भने त हामीले तय गर्नुपर्यो यो–यो र यस्ता–यस्ता संस्थाका कार्यक्रममा सहभागी हुनुहुँदैन भनेर । किनभने युनिभर्सल पिस फेडेरेसनले आफै धर्मको प्रचार गर्दैन, गरेको पनि मैले पाएको छैन । उसँग जोडिएका कतिपय संस्था वा व्यक्तिहरूबारे प्रश्नहरू उठेका होलान् । त्यसरी उठेका प्रश्नको छानविन गर्नुपर्छ भन्ने हो भने, त्यो पनि गर्नुपर्छ । 

धर्मको कुरा छ भने व्यक्तिको निजी आस्थाको विषयका रूपमा लिनुपर्छ । कसैले आफूलाई देवताको अवतार ठानेको छ भने त्यसमा हामीले के गर्ने ? यदि त्यस्तै हो भने हाम्रो देशमा अस्ति भर्खर जैन धर्मका गुरु आउनुभएको थियो । त्यहाँ सबै मानिस पुग्नुभएको थियो । त्यसो भए त त्यहाँ पनि पुग्नुहुन्थ्यो या हुँदैन थियो ? त्यस्तै राधेराधेका पनि ठुलै गुरु हुनुहुन्छ । उहाँ कृष्णकै अवतार मानिनुहुन्छ । त्यसलाई कसरी लिने ? हामी त कम्युनिस्ट भयौँ, धर्म मान्दैनौँ । हामीलाई धर्मसँग मतलब पनि छैन । तर, त्यो कार्यक्रममा सहभागी हुनेबित्तिकै धर्म परिवर्तन गरेको अनुवाद गरियो । यदि त्यस्तो हो भने पाकिस्तानका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँको धर्म बदलिनुपर्ने नि ? भारतीय जनता पार्टीका तीन जना नेता पनि हुनुहुन्थ्यो । उहाँहरूको पनि धर्म परिवर्तन हुनुपर्यो । इस्लाम धर्मका ताज महमद हुनुहुन्थ्यो, उहाँको पनि धर्म परिवर्तन हुनुपर्ने । त्यसैगरी धेरै हिन्दु र बुद्ध धर्मका गुरुहरू कार्यक्रममा आउनुभएको थियो । उहाँहरू सबैको धर्म परिवर्तन त भएन होला । बरु सर्व धर्म समान भन्ने भावनाका साथ सबै धर्मको बीचमा सहिष्णुता र सहअस्तित्वको भावना रहोस् भन्ने सन्देश उहाँहरूले दिनुभयो । 

पाकिस्तानका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँले जाऊँ–जाऊँ भनेपछि कुन ठूलो कुरो भयो र ? यस्ता प्रसङ्गहरूलाई मैले विशेष रूपमा लिन्न । मेरा बारेमा किन अनावश्यक कुरा हुन्छ ? पाकिस्तानका प्रधानमन्त्रीको पनि विरोध गर्नुपर्यो ।

कार्यक्रमको एउटा पक्ष के थियो भने सबै धर्मका गुरुहरूसँग संवाद गरेर ‘कसरी राम्रो हुन्छ ? कसरी राम्रो संस्कार विकास गर्न सकिन्छ ?’ भन्ने विचार त्यहाँ व्यक्त भएका थिए । त्यहाँ कुनै एउटा धर्मको प्रचार गरेको मैले देखिनँ । त्यहाँ क्रिस्चियन, जैन, शिख, इस्लाम, हिन्दु सबै धर्मका मानिस थिए । हिन्दु धर्मका अझै प्रकाण्ड विद्वान र गुरुहरू पनि हुनुहुन्थ्यो । उहाँहरू सबै आफ्नो धर्मप्रति निष्ठावान नै हुनुहुन्थ्यो । कुनै एउटा सेसनमा एउटा धर्मको कुरा भएको हुनसक्छ । त्यसमा हाम्रो कुनै सरोकार रहने कुरा भएन ।     

त्यस कार्यक्रमको आयोजना गर्न तपाईं आफू नै पूर्णरूपमा सहभागी हुनुभयो भन्ने छ नि त ?

पाकिस्तानका प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँले जाऊँ–जाऊँ भनेपछि कुन ठूलो कुरो भयो र ? यस्ता प्रसङ्गहरूलाई मैले विशेष रूपमा लिन्न । मेरा बारेमा किन अनावश्यक कुरा हुन्छ ? पाकिस्तानका प्रधानमन्त्रीको पनि विरोध गर्नुपर्यो ।

नेपालमा यो कार्यक्रम सम्पन्न गर्न तपाईं आफैले सहजीकरण गर्नुभयो हैन र ?

हो, म पनि निमन्त्रणाको चियरमेन हुँ । पत्र मेरै नाममा पनि गएको हो । मैले कम्बोडियाका प्रधानमन्त्री र म्यनमारका स्टेट काउन्सिलरलाई मेरो सन्देश दिएँ । धेरै ठाउँमा मैले चिनेको भएर विभिन्न राष्ट्र अध्यक्षहरूलाई मैले नै सन्देश पठाएको हुँ । उहाँहरू पनि नेपाल आउन चाहनुभएको थियो । यसबाट उहाँहरूले नेपालमा भ्रमण गर्ने राम्रो अवसर पाउनुभयो । विभिन्न देशका प्रधानमन्त्री, राष्ट्रपति, पूर्वप्रधानमन्त्री, सभामुखलगायतले हाम्रो देशको भ्रमण गर्दा के नराम्रो भयो र ? हामी त्यो कार्यक्रमको निर्माता त होइन । के कसरी गर्ने भनेर हामीले भन्ने होइन । 

आफू आयोजक होइन भन्ने अनि आफै निमन्त्रणा पठाएपछि विवादमा तानिने भइहाल्ने हुनभयो नि ? 

मैले आयोजना गरेका कार्यक्रम भनेको कार्ल माक्र्ससम्बन्धी गोष्ठी मात्र हो । यहाँ बोलाउने कुराहरूमा मैले निमन्त्रणा मात्र गरेका हुँ । निमन्त्रणामा मेरो मात्र भूमिका छैन आईक्यापका संस्थापक अध्यक्ष भेनेन्सियाको पनि सहयोग छ । आईक्याप आफैमा योसँग जोडिएको संस्था हो । 

यसले अगाडि सारेको विभिन्न कुराहरू सुशासनसँग लिएर जोडिने गरेका छन् । साथै आर्थिक, इन्टर कन्याक्टिभिटी र अहिले विश्वका चुनौतीहरू के हुन् भन्ने बारेमा पनि छलफल भएको थियो । यसबारे गहन विचारहरू आए । हामी मिलेर अघि बढ्नुपर्छ भन्ने कुरा आयो । 

साथै, नेपालको शान्ति प्रक्रियाबाट सिक्नुपर्छ भनेर धेरैले सन्देश बोकेर गए । कसरी द्वन्द्वलाई सहज रूपमा समाधान गर्न सकिन्छ भनेर कार्यपत्रहरू पनि प्रस्तुत भए । यसले नेपालले आफूलाई चिनाउने राम्रो अवसर पायौँ । 

भ्रमण वर्ष भनेर सन् २०२० लाई तोकेका छौं, त्यसका लागि पचासौँ कार्यक्रम गर्नुभन्दा त यो एउटै कार्यक्रमले १५०० मानिसलाई आकर्षित गर्यो । ४५ देशका मानिस यहाँ आए । यहाँ आइसकेपछि विभिन्न ठाउँमा गए पनि । माउन्टेन फ्लाइटमा विभिन्न देशका प्रधानमन्त्री, नेताहरू गए । लुम्बिनी र पोखरा पुगे, कतिपय चितवनमा गएका होलान् । कोही केवलकारहरू चढ्न गए । काठमाडौँ उपत्यकाका ठाउँहरू घुम्न गए । आजै पनि मकहाँ टर्कीको नेता आउनुभएको थियो । उहाँलाई भक्तपुर घुम्न भनें । भोलि लुम्बिनी उहाँ जाँदै हुनुहुन्छ । अझै पनि कतिपय राष्ट्रका राष्ट्रपतिले के भन्नु हुन्छ भने फेरि अर्को पटक म आफ्नो श्रीमतीसहित आउनेछु । मलाई नेपाल धेरै राम्रो लाग्यो । अहिलेसम्म घुम्न पाइएको थिएन । नेपालमा त पटक पटक आइरहुँझैँ लाग्यो भन्नुभयो । यो त राम्रो अवसर हो । 

अब सबै राष्ट्रपतिहरूलाई शङ्का गर्न थाल्ने ? उहाँहरू त वर्तमान तथा पूर्वराष्ट्रप्रमुख वा सरकार प्रमुख हुन् । सभामुख तथा मन्त्रीहरू हुन् । यी सबै दिमाग शून्य भएका व्यक्ति त होइनन् होला ? सबै जाने बुझेका व्यक्तिहरू हुन् । यो कार्यक्रम नेपालमा नभएको भए अन्यत्र पनि हुन सक्थ्यो नि । 

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रोकिएको सम्मेलन शक्तिशाली कम्युनिस्ट सरकार हुँदा सम्भव भयो कसरी ?

होइन पहिले प्रयास भएकै थिएन । 

तपाईंले त्यसभित्रका पनि तीनवटा संस्था छन् भन्नुभयो, फरक फरक कार्यक्रम भएका होलान् तर यही कार्यक्रम त भएको थिएन नि ?

होइन, यूपीएफले पटक–पटक अन्य कार्यक्रम गरेको छ । गिरिजाबाबुको पालामा भएको छ । बाबुराम भट्टराईको पालामा भएको छ । उहाँहरू आफैले उद्घाटन गर्नुभएको छ । यो संस्थाले गर्ने कार्यक्रम त नेपालमा पटक पटक भएको छ । 

त्यो लेख्ने कुरा गल्ती हो । मैले देख्ने बित्तिकै भनेको थिएँ । जब मेरो नजर पर्यो मैले भने कि दुईवटा संस्था यसको आयोजक राख्न हुँदैन । एउटा नेपाल सरकार, अर्को सङ्घीय संसद । यी दुईवटै सहयोगी मात्र हुनुपर्थ्यो ।

यही संस्थाको कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहभागिता रह्यो । खिलराज रेग्मीजीको सहभागिता रह्यो । विभिन्न मन्त्रीको सहभागिता रह्यो । नेताहरूको सहभागिता रह्यो । कार्यक्रम त भएको छ नि ।

त्यसो भए किन यो पटक यति धेरै विरोध भयो ?

नेपाल कम्युनिस्ट पार्टीको नाम संसारभरि चल्यो, दुनियाँमा नेपालको नाम चल्यो भनेर कसैलाई पोल्यो होला । 

त्यसो भए पार्टीभित्रकै धेरै नेताहरू पनि यो कार्यक्रमको विरोध गरी रहनुभएको छ, किन ? 

ठीक छ । त्यो त बहस गर्न सकिन्छ । छलफल गर्न सकिन्छ । किनभने नेपालको पैसा खर्च भएको छैन । फेरि संसारमा बद्नाम संस्था भन्ने आएको छ । यो बद्नाम संस्था होइन । 

यो संस्था र त्यसमा नेतृत्व गरेका व्यक्तिहरू त विवादित छन्, हैन र ? 

यो कुराको बारेमा बहस गरौँ न त हामी । त्यसो भए अबदेखि धर्म मान्ने मान्छे आए के गर्ने त हामी ? हिन्दू धर्मका मान्छे, कोही प्रकाण्ड विद्वान, शङ्काराचार्य आए हामी के गर्ने ? अर्को कुरा राज्य यो कार्यक्रमको आयोजक भएको भनेर आलोचना भएको हो भने त्यो जायज छ । 

सुरुमा कार्यक्रमको आयोजककै रूपमा सरकार पनि रहेको थियो । विवादपछि हटाइयो, समर्थनमा भनियो । तर कुनै एउटा गैरसकारी संस्थाको कार्यक्रमका लागि प्रधानमन्त्री आफैले पत्र लेख्नु र राज्य स्रोतको दुरूपयोग गर्नु कति जायज हो ?

त्यो लेख्ने कुरा गल्ती हो । मैले देख्ने बित्तिकै भनेको थिएँ । जब मेरो नजर पर्यो मैले भने कि दुईवटा संस्था यसको आयोजक राख्न हुँदैन । एउटा नेपाल सरकार, अर्को सङ्घीय संसद । यी दुईवटै सहयोगी मात्र हुनुपर्थ्यो । सहयोगको निम्ति आभार व्यक्त गरिनुपथ्र्यो । किनकि जुन देशमा गर्ने हो त्यो देशको सरकारलाई त धन्यवाद दिनै पर्छ नि । 

त्यस हिसाबले मूल आयोजक यूपीएफ हो । सहयोगीको रूपमा रहेका भनेका आईक्याप र आईएपीपी हो । त्यहाँ नेपाल सरकार र ससंद लेख्ने काम चाहिँ ठीक भएन । माथि राख्ने काम नै गलत हो । मैले नै यो कुरा उठाएको हो, बरु उहाँहरूको त विवाद भएपछि ध्यान गएको हो । त्यसले पनि अलि बढी विवाद निम्त्याइदियो । गैरसरकारी संस्थासँग पनि नेपाल सरकारले सहकार्य गर्न सक्ला । यसअघि नगरेको पनि होइन । डीएफआईडीले गरेको कार्यक्रम नेपाल सरकारले आयोजना गर्दैन र ? गर्छ नि । अब गर्नै नसक्ने कुरा त होइन । तर यो भने नेपाल सरकारले आयोजना गर्ने किसिमको कार्यक्रम होइन । 

सरकारको नेतृत्व गरेको हुँदा प्रधानमन्त्री जोडिनुभयो । कार्यक्रमको कोर्डिनेरका रूपमा तपाईं त्यहाँ जानुभयो । अन्य मन्त्री र नेताहरूलाई पनि बोलाइएको थियो तर उहाँहरू धेरैको उपस्थिति देखिएन । यो कार्यक्रम ठीक छैन भनेर नै उहाँहरू त्यो कार्यक्रममा नगएको देखिन्छ हैन र ?

होइन, मन्त्रीहरू जानुभयो । प्रदीप ज्ञवालीले ‘पेपर’ प्रस्तुत गर्नुभयो । वनमन्त्रीले पनि ‘पेपर’ प्रस्तुत गर्ने कुरा थियो तर उहाँ बाहिर जानुपर्ने भएकाले त्यहाँ उपस्थित हुनुभएन । प्रधानमन्त्रीले रात्रिभोज दिनुभएको थियो । त्यहाँ उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि पुग्नुभएको थियो । 

उपप्रधानमन्त्री त स्वागतकै लागि एयरपोर्टमा पुग्नुभयो । विश्वमा पछिल्लो समय आलोचित बनिरहेका आङ सान सुकी र हुन सेनलाई नेपालमा भव्य स्वागत गरिँदा यसले कूटनीतिक रूपमा असर गर्दैन ? 

झन् राम्रो हुन्छ । थाइल्यान्डको पूर्व प्रधानमन्त्री आउनुभयो । हाम्रो प्रधानमन्त्रीको निमन्त्रणामा कति धेरै हाइप्रोफाइल मान्छे आउनुभएको छ । स्वभाविक रूपमा यसले फाइदा गर्छ नि । अब देशमा पर्यटक बढाउनुपर्यो, संसारभरीबाट नेपाल आउनुस् भनेर विभिन्न समयमा भन्ने । यहाँ सम्मेलन गर्नुस्, यहाँको प्राकृतिक वातावरणको तपाईं अनुभव पनि गर्नुस् र संसारभरी सन्देश पठाउनुस् । बुद्ध जन्मेको देशको शान्तिको सन्देश सगरमाथाको सबैभन्दा उचाइबाट पठाइरहेका छौंँ । कति खुसीको कुरा हो । 

मलाई जनताको आशीर्वाद भए पुग्छ । अब कसैले भन्न आउने कुरा पनि भएन । माधव नेपाललाई कसैले आशीर्वाद लिन आउ भनेर भन्छ ? चिन्या छैन माधव नेपाल कस्तो स्वभावको मान्छे हो भनेर ?

अचम्म मान्नुपर्ने कुरा के छ भने क्रिस्चियन धर्मकै मानिसहरूले विरोध गरेको देखेको छु मैले । यसमा प्रवेश गरेर साध्य छैन । व्यक्तिको निजी आस्थाको कुरा हो यो । जो व्यक्तिमा धर्मप्रति आस्था छ, उसले मान्छ । उसलाई जुन धर्ममा विश्वास छ, त्यो मान्छ । हामी कसैको धार्मिक आस्थामा हस्तक्षेप गर्दैनौँ । त्यही कारणले त्यहाँ आएका जति सबै क्रिस्चियन भए भनेर ठान्नु गलत हो । 

त्यसो भए तपाईंंले हाक जा हान मुनबाट आशीर्वाद लिनुभएन ?

मलाई जनताको आशीर्वाद भए पुग्छ । अब कसैले भन्न आउने कुरा पनि भएन । माधव नेपाललाई कसैले आशीर्वाद लिन आउ भनेर भन्छ ? चिन्या छैन माधव नेपाल कस्तो स्वभावको मान्छे हो भनेर ? म र पाकिस्तानका पूर्वप्रधानमन्त्री लगायत अन्य देशका राष्ट्रपतिहरू त्यहीँ लाइनमा थियौँ । 

नेपालमा भएको यो कार्यक्रमले धर्म परिवर्तन गराउनेहरू उत्साहित भएको जस्तो देखिन्छ नि ? 

यो कार्यक्रमबारे क्रिस्चियनहरूकै पनि विरोध छ, मैले अघि भनिहालेँ । यहाँ कसैले धर्म परिवर्तन गराउन खोज्यो भने नेपाल सरकारको कानुन छ, उनीहरू दण्डित हुन्छन् । धर्मका लागि गरिएको कार्यक्रम होइन त्यो, धर्म परिवर्तन गर्नका लागि नेपालको संविधानले अनुमति दिँदैन । 

कुनै व्यक्तिले बोल्दाखेरी अल्लाह हु अक्बरबाट सुरु गर्छ । कसैले क्रिस्चियनको देवताको नामबाट गर्ला । कसैले ओमबाट सुरु गर्छ । अब तपाईं के गर्नुहुन्छ ? व्यक्तिको प्रशिक्षणमा जाने कुरा भएन । कुनै धर्म विशेषलाई घृणा गर्नुपर्ने पनि छैन । कुनै धर्मलाई प्रशंसा गर्नुपर्ने पनि छैन । जहाँ जान्छौँ धर्मको राम्रो पक्षको कुरा गर्छौं । 

हामी राजनीति गर्नेको कामै त्यही हो । हामी कुनै इस्लाम धर्मको कार्यक्रममा जान्छौं भने त्यहाँ इस्लाम धर्मले राम्रो कुरा सिकाउँछ भन्नै पर्यो । क्रिस्चियन धर्ममा त्यहाँ मान्छेलाई एकता भावनामा गोलबन्द गर्न सिकाउँछ भन्नै पर्यो । हिन्दु धर्ममा जान्छौँ भने राम्रो सेवा गर्नु, पवित्र भावना जन्मियोस्, त्यही भन्छौँ । 

एउटा धार्मिक प्रचारक संस्थाको प्रवद्र्धकका रूपमा सरकार र पार्टी जोडिनु गलत भयो भनेर खुलेरै आलोचना गर्नुभएको छ, तपाईंकै पार्टीका नेता भीम रावलले ? 

उहाँले उठाउनुभएजस्तै गलत छ भने यी विषयमा छानविन गर्ने हो । 

उहाँले त यो कार्यक्रममा ठूलो आर्थिक चलखेल भएको छ । मान्छेलाई पैसाले प्रभावित पारियो पनि भन्नुभएको छ । 

यदि कोही पैसाले प्रभावित पारिएको छ भने त्यस्ता व्यक्तिलाई दण्ड दिनुपर्यो । पैसाको पछि लाग्ने कोही छ भने दण्ड दिनुपर्यो । 

पार्टीका सिनियर नेताहरूबाट यस्तो गम्भीर प्रश्न उठ्नु भनेको विषय चानचुने त छैन होला ? 

उहाँले के भन्नुभयो, भन्नुभएन त्योबारे म जानकार छैन । मिडियामा आएकै आधारमा चल्नु हुँदैन । 

यहाँ कस्तो हुने गरेको छ भन्ने उदाहरण दिन्छु । म घानामा थिएँ तर मिडियामा माधव नेपाल काठमाडौँको एक कुनामा बसेर पार्टीभित्र गुटबन्दी गर्दै छ भन्ने आयो । 

म चितवन बसेको छु, माधव नेपाल काठमाडौँमा रातभरी मिटिङमा थिए भनेर मिडियामा आयो । त्यसैले पेपरमा के लेखेको छ भन्नेको पछि म लागेको छैन । 

नबिराउनु, नडराउनु । मैले बदमासी वा कुनै गल्ती गरेको भएपो म डराउनु । नत्र किन डराउँछु ? मैले शिर निहुरिने कुनै काम गरेको भए पो डराउनु ।

तर भीम रावलले बोलेको अडियो सबैतिर चर्चामै छ त ?

उहाँको मनमा होला । त्यसबारे सरोकारवालाहरूसँग छलफल बहस होला । पार्टीभित्रबाटै छानविन गर्नुपर्ने देख्यो भने गर्ला । त्यसमा कुनै बदमासी भएको छ । कुनै गल्ती भएको छ वा नराम्रो काम भएको छ, सबैको इज्जत प्रतिष्ठा डुब्ने काम भएको छ भने छानविन गर्ने । होइन भने किन डराउनु ? गल्ती गरेको छ भने पो डराउनु, नभए किन डराउनु ?

यो कार्यक्रमबारे पार्टीभित्र छलफल भएको थिएन ?

पार्टीको निर्णय नभएकाले छलफल हुँदैन । किनभने पार्टीको सहभागिता होइन नि त्यहाँ । त्यहाँ त व्यक्तिगत सहभागिता हो । त्यसकारण छलफल भएको छैन ।

तर यस्तो विवादित कार्यक्रम आयोजना गर्नमा तपाईंको भूमिका थियो भनेर नै त होला धेरै नेताहरूले दोष तपाईंको टाउको थुपारेका ?

नबिराउनु, नडराउनु । मैले बदमासी वा कुनै गल्ती गरेको भएपो म डराउनु । नत्र किन डराउँछु ? मैले शिर निहुरिने कुनै काम गरेको भए पो डराउनु । किन कि मलाई त्यस्तो काम गर्नु नै छैन । पवित्र भावनाका साथ काम गर्छु । देशको हितमा, राष्ट्रको हितमा, जनताको हितमा नै मैले काम गर्छु । 

राष्ट्र र जनताको हितमा काम गरेको भए त अहिले सबैतिरबाट प्रशंसा हुन्थ्यो होला नि ? यो कार्यक्रमपछि त सरकार र सिङ्गो पार्टीकै विरोध भएको छ ? 

यहाँ त राम्रो काम गर्यो विरोध मात्रै हुन्छ । पुल बनायो, त्यहाँ विरोध हुन्छ । बाटो चौडा गर्यो, त्यहाँ विरोध हुन्छ । राहत बाँड्यो, त्यहाँ विरोध हुन्छ । विरोध गर्नेहरूलाई मेरो भन्नु केही छैन । मैले कतिसम्म अचम्म देखेको छु भने म्याडम मुनको उच्च प्रशंसा गर्दै देउता जस्तो सम्झेर, उहाँको नाम सम्झिनुस् पवित्र हुन्छ भनेर भन्नेहरूले विरोध गरेको देखेको छु । त्यो भाषण भाइरल भइरहेको छ । अब म कति भाषण गरेको छु तर कहिल्यै त्यस्तो बोलेको छैन । त्यस्तो शब्द मेरो मुखबाट कहिल्यै निस्किँदैन । तर सीमा नाघेर मुनको प्रशंसा गर्नेहरूले पनि विरोध गरेको पाएँ । त्यस्तो सुहाउँछ ? 

विपक्षी दलले विरोध गर्योभन्दा त्यो जायज हुन्छ तर तपाईंकै पार्टीका शीर्ष नेताहरूले विरोध गरिरहनुभएको छ । हैन यो कार्यक्रम ठीक थियो भनेर उहाँहरूलाई चित्तबुझ्दो जवाफ त दिनुपर्यो नि तपाईंले पनि ?

जवाफ दिने नि । यो कार्यक्रम गरेर मलाई नराम्रो लागेको छैन । किनभने यो संस्था नै विवादास्पद होइन । संयुक्त राष्ट्रसङ्घसँग जोडिएको संस्था हो । ल बहस गरौँ, कस्तो कस्तो संस्थालाई दिने भनेर कमिटी बनाऊँ छानविन गरौँ । ठीक छ, पार्टीभित्र छलफल हुन्छ, बहस हुन्छ । त्यसले के बिग्रिन्छ र ? कहिलेकाहीँ रिस एकतिर पोखु भन्ने लागेको हुन्छ तर त्यो अन्यत्रै पोखिदिन्छन् । पार्टीभित्र पनि र बाहिरका मान्छेहरूलाई विरोध गर्न मनलागेको बेला के निहुँ पाऊँ, कनिका पोखौँ, त्यस्तै हुन्छ । निहुँ खोजिरहेको बेलामा यसैलाई निहुँ बनाऊँ भन्ने त हुन सक्छ । या मान्छेलाई भ्रम पनि हुन सक्छ । 

अरूले त व्यक्तिगत विरोध गर्नुभएको होला । नेपाली काँग्रेसले पार्टीगत विरोध गरेको छ । शेरबहादुरजी आफै सहभागी हुने । काँग्रेसका एक से एक मन्त्रीहरू सहभागी हुने । गिरिजाबाबुदेखि सुशील कोइरालासम्म सहभागी हुने । सुजाता कोइरालादेखि लिएर अरू सबै सहभागी हुने, अनि अहिले आफै विरोध गर्ने ?

म त्यत्तिकै कसैलाई आरोप लगाउन चाहन्न । तर, चित्त कहाँ दुख्छ भने आफू सहभागी हुदाँसम्म सबै ठीक हुने, नहुँदा सबै बेठीक ?

अरूले त व्यक्तिगत विरोध गर्नुभएको होला । नेपाली काँग्रेसले पार्टीगत विरोध गरेको छ । शेरबहादुरजी आफै सहभागी हुने । काँग्रेसका एक से एक मन्त्रीहरू सहभागी हुने । गिरिजाबाबुदेखि सुशील कोइरालासम्म सहभागी हुने । सुजाता कोइरालादेखि लिएर अरू सबै सहभागी हुने, अनि अहिले आफै विरोध गर्ने ? यसरी विरोध गर्नलाई अन्तर्राष्ट्रिय अपराधी नै हुनुपर्यो । 

धर्मान्तरणका लागि लागेको भनेर त्यो विवादित संस्था, त्यसमा पनि त्यसका संस्थापक फादर मुन घोर कम्युनिस्ट विरोधी । कम्युनिस्ट सरकारले नै किन यो कार्यक्रमलाई प्रवद्र्धन गर्यो भनेर प्रश्न उठ्नु स्वभाविक हैन र ?

तपाईं कस्लाई कम्युनिस्ट समर्थक मान्नुहुन्छ ? सबै मान्छे कम्युनिस्ट समर्थक हुनुपर्छ भन्ने छ ? म अमेरिका एउटा कार्यक्रममा जाँदा मैले भाषण गर्नुपूर्व एकजनाको भाषण सुन्दै थिएँ । उनले कम्युनिस्टको खिल्ली उडाउँदै कम्युनिस्ट मान्छे नै होइन भने । त्यहाँ म जुरुक्क उठेर भने, ‘म हो कम्युनिस्ट । के म दैत्य जस्तो छु ? के हाम्रो देशको पार्टी भनेको दैत्य हो ? कसलाई खाएको छ ? कसको रगत चुसेको छ ? जनताले भोट दिएका छन् । जनताले वाह वाह गर्छन् ।’ 

यो कार्यक्रमले नेपाललाई के फाइदा भयो ?

नेपालको प्रवद्र्धन भयो । पर्यटनमा फाइदा पुर्यायो । यहाँ आएका सबैले नेपाललाई प्रत्यक्ष देख्न पाए । उनीहरू जहाँ जान्छन् नेपालको चर्चा गर्छन् । चाहिएको हामीलाई यही त हो । नेपालको चर्चा गरून् भनेर पर्यटन दूत बनाउँछौँ । तर, कार्यक्रमका आएका सबै दूत जस्तै हुन पुगे । 

लन्डन जाँदा एउटा गीत गाउँदा नेपालको प्रचार हुन्छ । अमेरिका जाँदा एउटा नेपाली कलाकारको प्रस्तुतिले तहल्का मच्चाउँछ । जापानमा जाँदा नेपालबारे १० मिनेटको स्लाइड देखाइएको थियो, त्यसले त्यहाँका मानिस प्रभावित भए । यहाँ त त्यो कार्यक्रममा नेपालकाबारे धेरै सेसन राखिएको थियो । किन मानिसहरूलाई पोलेको होला ? मैले कुरा बुझ्न सकेको छैन । 

बबिता शर्मा

शर्मा रातोपाटीका लागि राजनीतिक बिटमा रिपोर्टिङ  गर्छिन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ