शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहलाई अर्थमन्त्रीको आग्रह: परिषदबाट पारित गराएर मात्र बजेट कार्यान्वयन गरौं

बिहीबार, २० मङ्सिर २०७५, १६ : २४
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराएका छन । २८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरिरहेका बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रियाअनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वय गर्न सचेत गराएका हुन् ।  अर्थमन्त्री खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिए । 

बिहिबार काठमाडौंमा आयोजित अन्तर सरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय परिषदबाट पारित नगराई बजेट कार्यान्वयनमा लगिए महालेखा परीक्षकको कार्यालयले अप्ठयारोमा पार्नेतर्फ पनि सबै स्थानीय तहको गम्भिर ध्यानाकर्षण गराए । त्यसअवसरमा अर्थमन्त्री खतिवडाले विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह गरे । 

अर्थमन्त्री खतिवडाले विकास निर्माणको कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।  उनले प्रदेश र स्थानीय तहमा सबै संरचनाको विकास भइनसकेकाले सबै खालको वित्तिय सहायता हस्तान्तरण गर्न नसकिएको पनि दोहोर्याए । प्रदेश मुख्यमन्त्री र अर्थ मन्त्रीहरु सहभागी रहेको परिषदको सो बैठकमा  संघ र प्रदेश सरकारको हालसम्मको कामको पनि समिक्षा हुने अर्थ सचिव डा.राजन खनालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप